Madhes Khabar
राष्ट्रिय

नागरिकता विधेयक प्रमाणीकरणको प्रतिलिपि झिकाउन सर्वोच्च अदालतको आदेश

काठमाडौं ,२६जेष्ठ : राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेको प्रतिलिपि झिकाउन सर्वोच्च अदालतले आदेश दिएको छ।

शुक्रबार सर्वोच्च अदालतका न्‍यायाधीशद्वय प्रकाशमान सिंह राउत र सुष्मालता माथेमाको संयुक्त इजलासले प्रमाणीकरण भएको नागरिकता विधेयकको प्रतिलिपि झिकाउन आदेश दिएको हो।

वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले उक्त प्रमाणीकरणविरूद्ध सर्वोच्चमा रिट निवेदन दिएका थिए।

‍प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारले गरेको प्रमाणीकरण गराउन अनुरोध गर्ने जेठ १२ गतेको निर्णय र राष्ट्रपति पौडेलबाट जेठ १७ गते भएको प्रमाणीकरणको प्रतिलिपि राष्ट्रपति कार्यालय शीतल निवासबाट झिकाउन सर्वाेच्चले आदेश दिएको हो।

जेठ ३० गते अन्तरिम आदेश छलफलको पेशी समेत तोकिएको छ।

Related posts

फेरि ब्यूँतीयो गौर हत्याकाण्डको मु्द्दा : सर्वोच्चद्वारा कारण देखाउ आदेश

MadhesKhabar

जीबी राई र रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागकाे छानबिन

MadhesKhabar

निर्वाचन आचारसंहिता पालना गर्न उम्मेदवारहरुलाई निर्वाचन आयोगको ७ बुँदे निर्देशन

MadhesKhabar

Leave a Comment