Madhes Khabar
राष्ट्रिय

नागरिकता विधेयक प्रमाणीकरणको प्रतिलिपि झिकाउन सर्वोच्च अदालतको आदेश

काठमाडौं ,२६जेष्ठ : राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेको प्रतिलिपि झिकाउन सर्वोच्च अदालतले आदेश दिएको छ।

शुक्रबार सर्वोच्च अदालतका न्‍यायाधीशद्वय प्रकाशमान सिंह राउत र सुष्मालता माथेमाको संयुक्त इजलासले प्रमाणीकरण भएको नागरिकता विधेयकको प्रतिलिपि झिकाउन आदेश दिएको हो।

वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले उक्त प्रमाणीकरणविरूद्ध सर्वोच्चमा रिट निवेदन दिएका थिए।

‍प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारले गरेको प्रमाणीकरण गराउन अनुरोध गर्ने जेठ १२ गतेको निर्णय र राष्ट्रपति पौडेलबाट जेठ १७ गते भएको प्रमाणीकरणको प्रतिलिपि राष्ट्रपति कार्यालय शीतल निवासबाट झिकाउन सर्वाेच्चले आदेश दिएको हो।

जेठ ३० गते अन्तरिम आदेश छलफलको पेशी समेत तोकिएको छ।

Related posts

खोटाङमा ६ म्याग्नेच्युडको भुकम्प

MadhesKhabar

सुनकाण्डमा गृहमन्त्रीको राजीनामा मागेका कांग्रेस सांसद सुनिल शर्मा पक्राउ

MadhesKhabar

जलवायु परिवर्तनको समस्या समाधानका लागि अग्रसर हुन आवश्यक छ : मन्त्री यादव

MadhesKhabar

Leave a Comment