Madhes Khabar
राष्ट्रिय हेडलाइन

अमलेखन्जको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुग्यो , १५ को अवस्था चिन्ताजनक

क्रान्ति शाह
वीरगन्ज , २० असोज : बाराको अमलेखगन्जमा बिहबिार भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको छ । प्रहरीका अनुसार घटनास्थलमा १० जनाको र हेटौडाका अस्पतालमा उपचारका क्रममा ४ जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरिक्षक बलराम श्रेष्ठका अनुसार , घटनास्थलमा १० जनाको , हेटौंडा अस्पतालमा २ जनाको तथा चुरेहिल अस्पताल र मकवानपुर सहकारी अस्पतालमा १–१ जनाको मृत्यु भएको हो ।प्रहरीका अनुसार, मृत्यु हुनेमा ८ पुरुष र ६ महिला छन् । तर उनीहरुको सनाखत हुन भने बाँकी छ ।

 

नारायणगढबाट वीरगन्ज आउदै गरेको बा प्र.०६–००१ ख–०११० नम्बरको बस बिहीबार बिहान साढे १० बजेतिर तीन नम्बर पुल नजिकैको मोडमा सडकबाट खोलामा खसेको थियो ।

दुर्घटनामा २५ जना भन्दा बढि घाइते भएकोमा ती मध्ये १५ जनाको अवस्था गम्भिर रहेको छ । घाइतेहरुको हेटौडाका विभिन्न अस्पताल र सिमराको अल्पाइन अस्पतालमा उपचार भइरहेको छ ।

बस , तीन नम्बर पुल नजिकैको मोडमा नमोडिकन सडकबाट करिब १५ मिटर तल खोलामा खसेको बाराका प्रहरी उपरिक्षक होविन्द्र बोगटीले बताए ।

Related posts

चाडपर्वले वीरगन्जको ड्राइपोर्ट भन्सारको राजश्व संकलनमा सुधार

MadhesKhabar

तिहार सुरु, आज धनतेरस मनाइँदै

MadhesKhabar

२८ वर्ष काँग्रेसको राजनीति गरेका वीरगन्जका नेता साह जसपा प्रवेश

MadhesKhabar

Leave a Comment