Madhes Khabar
राष्ट्रिय हेडलाइन

नागरिकताबाट बञ्चित जन्मसिद्ध नागरिकका सन्तानहरुद्वारा वीरगन्जमा प्रदर्शन

वीरगन्ज, १५ जेष्ठ : नागरिकताबाट बञ्चित जन्मसिद्ध नागरिकका सन्तानले सोमबार वीरगन्जमा प्रदर्शन गरेका छन् । जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको नागरिकता दिनु पर्ने माग गर्दै उनिहरुले वीरगन्जमा विरोध ¥याली प्रदर्शन गर्दै कोणसभापनि गरेका छन् ।

सोमबार दिउँसो घण्टाघर चोकबाट सुरु विरोध ¥याली माइस्थान , आदर्शनगर , अलखीयामठ , घडीअर्वा हुदै पुन घण्टाघर चोकमै पुगेर कोणसभामा परिणत भएको थियो ।

नागरिकता विहिन नागरिक संघर्ष समिति पर्साको अगुवाईमा भएको विरोध ¥याली र कोणसभामा सहभागीहरुले नागरिकता विद्येयक प्रमाणीत गर , जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता दे , आमाको नामबाट पनि नागरिकता दे लगायतका नारा लेखिएका प्ले कार्ड र ब्यानर प्रदर्शन गरेका थिए ।

नागरिकता विहिन नागरिक संघर्ष समिति पर्साका अध्यक्ष विवेक रौनीयारले बुबा आमा दुवै नेपाली नागरिक भएपनि आफुहरु अनागरिक भएर बाँच्नु परेको गुनासो गरे । उनले भने,‘ कि त राज्यले हामीलाई नेपाली नागरिकता दिओस् होइन भने हामीलाई अनागरिक भनेर यो देशबाट निकाला गरिदिओस् ।’

नागरिकता नहुदाँ बैंकमा खाता खोल्न देखि उच्च शिक्षा अध्ययन गर्नबाट समेत आफुहरु बञ्चित हुनु परेको दुखेसो उनले सुनाए ।
प्रदर्शनमा सहभागी समितिका उपाध्यक्ष धिरज साहको पनि दुखेसो विवेकको जस्तै थियो । उनले भने,‘ बुबा आमा दुवै नेपाली नागरिक हुनुहुन्छ तर म उहाँहरुले नै जन्माएको सन्तान जन्मेदेखि नै अनागरिक भएर बाँचेको छु । नागरिकता नहुदाँ जागीर पाएको छैन , अरु त के भन्ने सिमकार्ड लिनबाटपनि बञ्चित हुनुपरेको पिडा छ । ’

संसदको दुवै सदनबाट पारित भइसकेको नागरिक विद्येयक यसअघिका राष्ट्रपति विद्या भण्डारीले प्रमाणीकरण नगरिदिदाँ आफुहरु अनागरिक भएर बाँच्नु परेको भन्दै प्रदर्शनमा सहभागी सावन कलवारले पूर्वराष्ट्रपति भण्डारी प्रति आक्रोश नै पाखे । कलवारले भने,‘ स्नातक तहको पढाइ सकिसकेको छु, उमेर पनि २२/२३ वर्ष भइ सक्यो , तर मसंग नागरिकता छैन , जसका कारण देशमै जागीर पाउन सकेको छैन , विदेश जान पनि सकेको छैन ।

नेपालकको संविधानमै २०६३ साल सम्म जन्मका आधारमा नागरिकता लिएकाहरुको सन्तानलाई वंशजको नागरिकता दिनुपर्ने उल्लेख हुदँँसमेत सरकारले आफुहरुलाई वर्षौदेखि अनागरिक बनाएर राखेको गुनासो उनले गरे ।

सरकारले राष्ट्रपतिबाट नागरिकता विद्येयक प्रमाणीकरण गराएर जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता दिन अबपनि ढिला गरे देशभरका नागरिकता विहिन युवा युवतीहरु सडक आन्दोलनमा उत्रने चेतावनी समितिका अध्यक्ष रौनीयारले दिए । रौनियारले भने,‘ सरकाले अबपनि हाम्रो पिडा सुनेन भने हामी जस्तोसुकै कदम उठाउन बाध्य हुनेछौ जुन सरकारका लागि आत्मघाती कदम हुनेछ ।

 

Related posts

वीरगन्जमा ५२ विधार्थीले पाए राउण्ड टेबल नेपालको छात्रवृत्ति 

MadhesKhabar

वीरगन्जको सिद्धार्थ बैंकमा भएकाे आगलागीबाट २ कराेड बढीकाे क्षति भएको अनुमान

MadhesKhabar

आज ७३औं प्रजातन्त्र दिवस

MadhesKhabar

Leave a Comment