Madhes Khabar
राजनीति

पर्साको हरेक वडामा संगठन विस्तार गर्ने जनमत पार्टीको निर्णय

वीरगन्ज,२१बैशाख : जनमत पार्टी पर्साको विस्तारीत बैठक बिहीबार सम्पन्न भएको छ । बैठकले पर्सामा संगठन विस्तारका लागि विभिन्न निर्णयहरु गरेको छ ।

जनमत पार्टीका जिल्ला संयोजक ओमप्रकाश सर्राफको अध्यक्षतामा बसेको बैठकले पार्टीका केन्द्रिय अध्यक्ष डाक्टर. सिके राउतको प्रमुख आतिथ्यतामा वीरगन्जमा बृहत पार्टी प्रवेश तथा भेलाको आयोजना गर्ने निर्णय गरेको छ ।

यस्तै बैठकले जिल्लाको प्रत्येक वडा र टोलमा पार्टीको संगठन बिस्तार गर्ने ,वर्गीय संगठन र विभागहरुलाई पुर्नगठन गर्ने ,जनसरोकारकाका मुद्दा र समस्यालाई उठान गरि संघर्ष र पहल मार्फत सम्बोधन गराउने निर्णयपनि गरेको जिल्ला संयोजक सर्राफले जानकारी दिए ।

बैठकमा जनमत पार्टीका जिल्ला सहइन्चार्ज मुकेश दिवेदी, जिल्ला सहसंयोजक रामजी रौनियार , नेताहरु श्याम चौरसिया, डाक्टर अजय यादव , अधिवक्ता हरिहर साह कानु,अजय चौरसिया,महिला नेतृहरु अनिता रौनियार , अन्जना गुप्ता, राजेश चौरसिया लगायतको पनि सहभागिता थियो ।

 

Related posts

काँग्रेसले टिकट नदिएपछि युवा नेता चौधरीले दिए स्वतन्त्र उम्मेदवारी

MadhesKhabar

नेपालबाट कांग्रेसलाई कुनैपनि शक्तिले सिध्याउन सक्दैन : कानुनमन्त्री चाैरसिया

MadhesKhabar

वीरगन्जमा आज दलहरुले मशाल जुलुश निकाल्दै

MadhesKhabar

Leave a Comment