Madhes Khabar
खेलकुद

नेपाली क्रिकेट टिमलाई सांसद यादव र मेयर सिंहले पनि दिए बधाई

वीरगन्ज,१९बैशाख : पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधीसभा सदस्य तथा पुर्व वन तथा वातावरणमन्त्री प्रदीप यादवले एसीसी प्रिमियर कप क्रिकेटको विजेता बन्दै एसिया कपमा छनौट हुन सफल नेपाली राष्ट्रिय क्रिकेट टिमलाई बधाई दिएका छन् ।

मंगलबार नेपालले युएईविरुद्धको खेलमा जित निकालेपछि सांसद यादवले बधाई दिँदै खेलाडीहरूको योगदानप्रति उच्च सम्मानसहित सरकारले थप प्रोत्साहन र पुरस्कृती गर्नु पर्नेमा जोड दिएका छन् ।

सामाजिक सञ्जालमा सांसद यादवले लेखेका छन् , ‘ नयाँ इतिहास रच्दै नेपाललाई एसिया कपसम्म पुर्याउने नेपाली क्रिकेट टिमका प्रत्येक खेलाडीलाई सलाम । तपाईँहरूको निरन्तर अभ्यास, प्रयास, महिनेत र लगनशीलताले आज हामी सबै नेपाली जनतालाई गौरवान्वित महसुस गराएको छ । आगामी दिनमा तपाईहरुलाई थप सफलता मिलोस् भन्ने कामनाका साथ आज यूएईविरुद्धको जीतका लागि हार्दिक बधाई दिन चाहन्छु ।

यस्तै वीरगन्ज महानगरपालिका मेयर राजेशमान सिंहले पनि नेपाली राष्ट्रिय क्रिकेट टिमलाई बधाई दिएका छन् । सामाजिक सञ्जाल मार्फत नेपाली राष्ट्रिय क्रिकेट टिलाई बधाई दिदैं मेयर सिंहले नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी र प्रशिक्षकको उज्वल भविष्यको कामना पनि गरेका छन् ।

Related posts

आईपीएलमा आज मुम्बइ र दिल्ली तथा लखनउ र गुजरात भिड्दै

MadhesKhabar

सूर्यकुमारको अप्रत्याशित शतकमा मुम्बईकाे सानदार जित

MadhesKhabar

पन्चगाँवा गोल्ड कप फुटबलको उपाधि वीरगन्ज युथ एकेडेमीले जित्याे

MadhesKhabar

Leave a Comment