Madhes Khabar
राजनीति

उपेन्द्र यादवले लिए सांसद पदको शपथ

वीरगन्ज, १९ बैशाख : बैशाख १० मा भएको उपनिर्वाचनमा बारा– २ बाट प्रतिनिधीसभा सदस्यमा निर्वाचित जसपाका अध्यक्ष उपेन्द्र यादवले मंगलबार सांसद पदको शपथ लिएका छन् । नवनिर्वाचित प्रतिनिधिसभा सदस्य यादवलाई मंगलबार दिउँसो सभामुख देवराज घिमिरेले शपथ ग्रहण गराएका हुन् ।

वैशाख १० मा भएको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा बारा–२ बाट जनता समाजवादी पार्टीका अध्यक्षसमेत रहेका उपेन्द्र यादवले २८ हजार ४ सय १५ मतका साथ निर्वाचित भएका थिए । उनले निकटतम् प्रतिस्पर्धी जनमत पार्टीका उम्मेदवार शिवचन्द्रप्रसाद कुशवाहालाई ५ हजार ८१ मतान्तरले पराजित गरेका थिए ।

यसअघि उपनिर्वाचनमा चितवन २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने र तनहुँ १ बाट निर्वाचित स्वर्णिम वाग्लेले वैशाख १५ गते नै सांसद पदको शपथ लिईसकेका छन् । यादव भने त्योदिन बारामै रहेकाले त्यसबेला उनको शपथ ग्रहणको कार्यक्रम भएको थिएन ।

 

Related posts

नागरिकताविहिनका लागि नागरिकता माग्दै माओवादी नेता शर्माले थाले भाेक हडताल

MadhesKhabar

जसपाको बाबुराम समुहले पार्टी पुनर्गठन गर्ने

MadhesKhabar

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालत जाने एमालेको निर्णय

MadhesKhabar

Leave a Comment