Madhes Khabar
मधेस प्रदेश हेडलाइन

मधेसका एक लाख ३९ हजारभन्दा बढी घरमा छैन शौचालय

वीरगन्ज,१२चैत : मधेस प्रदेशका एक लाख ३९ हजारभन्दा बढी घरपरिवारमा शौचालय नभएको पाइएको छ।राष्ट्रिय जनगणना २०७८ को अन्तिम नतिजाअनुसार मधेस प्रदेशमा एक लाख ३९ हजार २१८ घरपरिवारमा शौचालय नभएकाो पाइएको हो। यो संख्या मधेस प्रदेशमा रहेको कुल परिवार संख्याको १२ प्रतिशत हो।

मधेस प्रदेशमा सबैभन्दा बढी घर परिवारले साधारण खाले खाल्टे चर्पी नै प्रयोग गर्ने गरेको जनगणनामा उल्लेख छ।साधारण खाल्टे चर्पी प्रयोग गर्ने परिवारको संख्या ५ लाख ६१ हजार ६६० रहेको छ।यो कुल घरपरिवार संख्याको ४८ दशमलव ६ प्रतिशत हो।, यस्तै ०.९ अर्थात् दस हजार ३२२ परिवारले सार्वजनिक शौचालय प्रयोग गर्ने गरेको जनगणनाको नतिजाले देखाएको छ।

३५.८ प्रतिशत परिवार अर्थात् चार लाख १४ हजार ३२ परिवारले भने फ्लस भएको (सेफ्टी टयांकी)युक्त शौचालय प्रयोग गर्ने गरेका छन्।त्यसैगरी ३१ हजार १५९ घर परिवारमा फ्लस भएको (सार्वजनिक ढल)युक्त शौचलाय छ। यो कुल घर परिवारको २.७ प्रतिशत हो ।

सातै प्रदेशमध्ये मधेस प्रदेशमा शौचालय नहुनेको संख्या धेरै

देशभरका सातै प्रदेशमध्ये पनि मधेस प्रदेशमा सबैभन्दा बढी घरपरिवारमा शौचालय छैन।दोस्रो स्थानमा लुम्बिनी प्रदेश रहेको छ। लुम्बिनीमा कुल घरपरिवारको ५.६ प्रतिशत अर्थात् ६४ हजार ३० घर परिवारसँग शौचालयको व्यवस्था नभएको २०७८ को जनगणनाले देखाएको छ।

यसैगरी, सुदूरपश्चिम प्रदेशमा ४.४ प्रतिशत घरपरिवारसँग शौचालय छैन।यस्तै,कोशी प्रदेशमा ३.२ प्रतिशत अर्थात् ३७ हजार ५७६, कर्णाली प्रदेशमा २.६ प्रतिशत अर्थात् ९ हजार ५९६, बागमती प्रदेशमा १.२ प्रतिशत अर्थात् १९ हजार ४७१ र गण्डकी प्रदेशमा एक प्रतिशत अर्थात् ६ हजार २९२ परिवारसँग शोचालय नभएको जनगणना २०७८ को तथ्यांकले देखाएको छ।

जनगणना २०७८ को अन्तिम नतिजाअनुसार नेपालको कुल ६६ लाख ६० हजार ८४१ घर परिवारमध्ये अझै कुल ४.५ प्रतिशत परिवासँग शौचालय नभएको तथ्यांक छ।नेपाललाई भने खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिसकिएको छ। साभार : देशसन्चार/राम मण्डल

Related posts

सर्लाहीमा बस पल्टिँदा सशस्त्र प्रहरी निरीक्षकको मृत्यु

MadhesKhabar

जेनजी आन्दोलनमा नक्खु कारागारबाट फरार कैदी ६ महिनापछि पर्सामा पक्राउ

MadhesKhabar

भारतले जित्याे टी-२० विश्वकपकाे उपाधि

MadhesKhabar

Leave a Comment