Madhes Khabar
अर्थतन्‍त्र

फेरि तोलामा १६ सय रुपैयाँले बढ्यो सुनको मूल्य

फाइल फाेटाे

काठमाडौं ,३० फागुन: नेपाली बजारमा सुनको मूल्य बढ्ने क्रम जारी छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार सुनको मूल्य तोलामा १६ सय रुपैयाँले बढेको छ ।

अमेरिकी बैंकहरुमा देखिएको समस्याका कारण लगानीकर्ताहरुले बैंकको निक्षेप झिकेर सुनमा लगानी बढाउन थालेपछि सुनको मूल्य ताेलामा पछिल्लो तीन दिन यता ३ हजार ९ सय रुपैयाँले बढेको हो ।

आज मंगलबार छापावाल सुनको मूल्य एक लाख ५ हजार ७ सय रुपैयाँ तोकिएको छ, यस्तै तेजावी सुनको मूल्य एक लाख ५ हजार २ सय रुपैयाँ कायम भएको छ भने चाँदीको मूल्य तोलामा ४५ रुपैयाँले बढेर १३ सय रुपैयाँ कायम भएको छ ।

सोमबार एक लाख ४ हजार एक सयमा छापावाल सुन र एक लाख ३ हजार ६ सयमा तेजावी सुनको कारोबार भएको थियो । यस्तै चाँदी एक हजार २५५ रुपैयाँ तोलामा कारोबार भएको थियो ।

Related posts

वीरगन्जमा खुल्यो भाटभटेनीको सबै भन्दा ठूलो सुपरमार्केट

MadhesKhabar

भारतीय सीमानाकामा आउजाउ सहज बनाउन वीरगन्जका उद्योगी व्यवसायीको माग

MadhesKhabar

परवानीपुर सब स्टेसनमा आगलागीपछि पर्सा-बारा औद्योगिक करिडोरमा विद्युतको अभाव

MadhesKhabar

Leave a Comment