Madhes Khabar
धर्म/संस्कृति हेडलाइन

वीरगन्जको पशुपतिनाथ मन्दिरमा सोमबार तीन धामका पुजारी बोलाएर महाआरती हुदै

वीरगन्ज, २७ माघ : वीरगन्ज महानगरपालिका वडा नम्वर १४ पिपरामा रहेको पशुपतिनाथ मन्दिरमा आउँदो फागुन १ गते महाआरती हुने भएको छ ।

भारतको काशी विश्वनाथका मुख्य पुजारी, पशुपतिनाथ मन्दिर काठमाण्डौका भट्ट र जनकपुरधामका महन्थको संयुक्त उपस्थितिमा सोमबार महाआरती हुन लागेको हो ।वीरगन्जमा पहिलो पटक तीनै धामका पुजारीलाई बोलाएर महाआरती आयोजना गर्न लागिएको हो ।

वीरगन्ज महानगरपालिका र विश्व हिन्दु परिषदको संयुक्त आयोजनामा महाआरती सफल बनाउन आवश्यक तयारी अघि बढाइएको छ ।महाआरतीका लागि मन्दिर सिंगार्नुका साथै आवश्यक तयारी तिब्र पारिएको छ ।

वीरगन्जलाई धार्मीक पर्यटकीय गन्तव्यको केन्द्र बनाउने गरी वीरगन्ज महानगरपालिकाले काम गरिरहेको महानगरका मेयर राजेशमान सिंहले बताए ।त्यहि अभियान अन्तर्गत नै यसअघि महानगरले माइस्थान मन्दिर क्षेत्रलाई सौन्दर्यकरण गरिसकेको छ । माइस्थान क्षेत्रमा बाँकी रहेको लाइटिङ र गार्डेनिङको काम पनि चाँडै सम्पन्न गर्ने गरी काम भइरहेको सिंहले बताए ।

तराई मधेसमै एक मात्र रहेको वीरगन्जको पशुपतिनाथ मन्दिर सौन्दर्यकरण गरेर यसको पहिचान स्थापित गर्न पनि नेपाल भारत दुबै देशका प्रख्यात धामका मुख्य पुजारी बोलाएर महाआरती गर्न लागिएको उनले बताए । काठमाण्डौंको पशुपति नाथ मन्दिरसम्म जान नसक्ने भक्तजनहरु पिपरामा रहेको पशुपती मन्दिरमा पुगेर पुजा अर्चना गर्न सक्ने छन् ।

 

 

Related posts

बारा-पर्सामा नेपाली नक्कली नाेटकाे काराेबार गर्ने गिराेह पक्राउ

MadhesKhabar

गोपाल गिरी पत्रकारीता पुरस्कारबाट पत्रकार महेश दास पुरस्कृत

MadhesKhabar

वीरगन्जमा उद्योगीको कालाबजारी : दुइ उद्योग सिल, ९१ लाखको ड्राइफुड्स जफत

MadhesKhabar

Leave a Comment