Madhes Khabar
मधेस प्रदेश

सप्तरीबाट पशुपक्षी अनुसन्धान केन्द्र बारामा सार्न लागिएको भन्दै सिके राउतको विरोध

काठमाडौं,२२माघ : जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत (सीके)ले राष्ट्रिय पशुपक्षी अनुसन्धान केन्द्र सप्तरीबाट बारा जिल्लामा सार्ने प्रयास भइरहेको भन्दै आपत्ति जनाएका छन् ।

आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै राउतले कृषि तथा पशुपक्षी विकासमन्त्री ज्वालाकुमारी साहले आफ्नो गृह जिल्ला बारामा केन्द्र सार्न लागेको भन्दै आपत्ति जनाएका हुन् ।

राउतले भने, ‘किसानले मलखाद पाइरहेका छैनन्, कालाबजारीलाई प्रहरी प्रशासन र नेपाल सरकारले नियन्त्रण गर्नुपर्छ, यो भन्दा अघि राष्ट्रिय पशुपक्षी अनुसन्धान केन्द्र सप्तरीमा राखिएको थियो, अहिले सुन्दैछु, कृषिमन्त्री साहले आफ्नो जिल्लामा सार्ने प्रयत्न गर्दै हुनुहन्छ, यस्तो प्रवृत्ति दोहोरियो भने विकास हुन सक्दैन ।’

राउतले मन्त्री फेरिएपिच्छे संस्थाहरु सारिंदा विकास निर्माणले गति नलिने बताए । उनले सरकार संसदप्रति उत्तरदायी छ कि छैन भन्दै प्रश्नसमेत गरे ।साभार : अनलाइनखबर

Related posts

मधेस प्रदेश : मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु

MadhesKhabar

बाराका प्रदेश सांसद साहद्धारा राजीनामा

MadhesKhabar

मधेस प्रदेश सरकारको दोस्रो दिन पनि धर्ना जारी

MadhesKhabar

Leave a Comment