Madhes Khabar
अर्थतन्‍त्र

सेयर बजारमा दोहोरो अंकको गिरावट

काठमाडौं,१७माघ : सेयर बजार परिसूचक नेप्से मंगलबार दोहोरो अंकले घटेको छ । बजार परिसूचक १५.७० अंकले घटेर २१११.६८ को बिन्दुमा बन्द भएको छ ।

मंगलबार कुल कारोबार रकम पनि २ अर्ब ८२ करोड ४५ लाखमा सीमित भएको छ । सोमबार ८८ लाख ३६ हजार ४८८ कित्ता धितोपत्र किनबेच हुँदा ३ अर्ब ३० करोड २२ लाख १ हजारको कारोबार भएको थियो । मंगलबार कारोबारमा आएका २५९ कम्पनीमध्ये १४८ कम्पनीको सेयर मूल्य घटेको छ भने ५७ कम्पनीको मूल्य बढेको र ११ कम्पनीको मूल्यमा कुनै परिवर्तन भएको छैन ।

कारोबारमा आएका १३ उपसमूहमध्ये मंगलबार हाइड्रोपावरबाहेकका सबै उपसमूह राताम्मे भए । घटेको बजारमा पनि आदर्श लघुवित्त कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढ्यो । बाराही हाइड्रो, लुम्बिनी जनरल इन्स्योरेन्स र इष्ट्रन हाइड्रोका सेयरधनीले मंगलबारको बजारमा नाफा कमाए ।

प्राइम लाइफ इन्स्योरेन्स, मनकामना स्मार्ट लघुवित्त लगायतका कम्पनीका सेयरधनी आजको बजारमा धेरै गुमाउनेमा परे । यी कम्पनीहरुको सेयरमूल्य मंगलबार ४.३७ देखि ५.२१ प्रतिशतसम्मले घटेको थियो । रिडी पावर कम्पनीको सेयरमा दोस्रो बजारको आकर्षण थियो । यो कम्पनीको १९ रुपैयाँ बराबरको सेयर खरिद बिक्री भयो ।साभार:अनलाइनखबर

Related posts

छिन् छिनमा लाइन कट्ने समस्या सामधान गर्न उद्योग वाणिज्य संघको आग्रह

MadhesKhabar

सिमरा सेजमा थप १५ उद्योग स्थापनाका लागि जग्गा प्रदान,१२ सय ८७ ले राेजगारी पाउने

MadhesKhabar

कात्तिक महिनाका लागि पनि घटाए बैंकहरुले ब्याजदर, कुन बैंकले कति घटाए?

MadhesKhabar

Leave a Comment