Madhes Khabar
स्थानिय हेडलाइन

फोहोर व्यवस्थापनमा वीरगन्ज महानगरकाे कडाइ, कुमारी बैंकलाई जरिवाना

मधेसखबर
वीरगन्ज,१७पुस : वीरगन्ज महानगरको सरसफाईमा बैंकहरुले जथाभावी फोहोर फाल्दा चुनौति थपिएको छ । आदर्शनगर क्षेत्रमा रहेका बैंकहरुले सडकमै जथाभावी फोहोर फालिदिने गर्दा सफाइमा चुनौति थपिएको हो ।

वीरगन्ज महानगरपालिकाले नगर हरियाली तथा सरसफाई गर्ने अभियान चलाईरहेको समयमा बैंकहरु भने सडकमा जथाभावी फोहोर फाल्दै हिँड्दा सफाईमा चुनौति थपिएको महानगरका सरसफाई तथा वृक्षारोपण संयोजक जयप्रकाश खेतानले बताए ।
महानगरले नगर हरियाली र सफा बनाई राख्न अहिले सडक, नाला तथा फुटपाथमा राखिएका निर्माण सामग्री तथा भौतिक संरचना हटाउने र फोहोर व्यवस्थापन गर्ने अभियान नै चलाईरहेको छ ।

यसैबीच सडकमा जथाभावी फोहोर फाल्नेलाई आइतबारबाट कारबाहीको दायरमा ल्याउन थालिएको संयोजक खेतानले बताए । जसअनुसार आइतबार पहिलो दिन आदर्शनगरको एनसीसी कुमारी बैंकलाई कारबाही गरिएको छ ।

कुमारी बैंकले सडकमै जभावी फोहोर फालिरहेको अवस्थामा फेला परेपछि जरिवाना गरिएको हो । पहिलो दिन भएकाले बैंकलाई ५ सय रुपैयाँ जरिवाना गरिएको पनि खेतानले बताए ।

वीरगन्ज शहरलाई सफा, स्वच्छ र हराभरा बनाउन सबैको सहभागितामा मात्रै संभव रहेकाले यसलाई अटेर गर्दै फोहोर गर्नेलाई कारबाही गर्न लागिएको हो । अबदेखि सडकमा जथाभावी फोहोर गरेको भेटिए जो कोहीलाई पनि कारबाही गरिने गरी संयन्त्र परिचालन गरिएको महानगरपालिकाका सरसफाई प्रमुख सरफुद्धिन मियाँले बताए ।
महानगरपालिकाका मेयर राजेशमान सिंह निर्वाचित भएर आएसँगै नगर हरियाली र सरसफाईलाई प्राथमिकता दिँदै अभियान चलाइरहेका छन् ।
यसका साथै बजार क्षेत्रभित्रै मुख्य सडकमा हुँदै आएको चार पाङ्ग्रे सवारी पार्किङ व्यवस्थापनका लागि विभिन्न स्थानमा पार्किङको व्यवस्था गरेको छ । वित्तीय संस्थाहरुलाई आफ्ना सेवाग्राहीको सवारी पार्किङको व्यवस्थापन गर्न महानगरले निर्देशन दिइसकेको छ ।

Related posts

वीरगन्ज कृषि औजार कारखानाबाट कृषि औजारहरुको व्यावसायिक उत्पादन र बिक्री वितरण सुरु

MadhesKhabar

हिन्दुहरुकाे महान् चाड दसैं सुरु,आज नवरात्राकाे पहिलाे दिन

MadhesKhabar

बेल्वामा राेकिएकाे मतदान पुन शुरु

MadhesKhabar

Leave a Comment