मधेसखबर
वीरगन्ज ,१६पुस : पर्साको पकाहा मैनपुर गाउँपालिका वडा नंबर२ स्थित श्रीराम जानकी मन्दिरको जग्गामा मधेस विश्वविद्यालयको एउटा शाखा राख्नु पर्ने माग त्यहाका युवाहरुले गरेका छन् ।
सञ्चारकर्मी बिन्दूभुषण साहको अगुवाइमा भएको युवाहरुकाे भेलाले कट्टी मठकै जग्गामा मधेस विश्वविद्यालयको एउटा शाखा राख्न माग गर्दै त्यसका लागि पहल गर्ने निर्णय गरेकाे हाे ।
मधेस विश्वविद्यालयको शाखा सन्चालनका लागि २५ देखि ३० बिगाहा क्षेत्रफल रहेको जग्गा किन्नु भन्दा श्रीराम जानकी मन्दिरको नाममा रहेको २५ बिगाहामा मधेस विश्वविद्यालय बनाउन उपयुक्त भएको भन्दै युवाहरु जागरुक भएका हुन् ।
पकहामैनपुर र कालिकामाई गाउँपालिका युवाहरुले मधेस विश्ववद्यालयको शाखा राख्न कट्टी मठकै जग्गा राम्रो भएको भन्दै यस क्षेत्रका सांसद राजकुमार गुप्ता , प्रदेश सभा सदस्य जनार्दन सिंह क्षेत्री र मधेश विश्ववद्यालयका उपकुलपति डा दीपक शाक्यसँग भेटेर ध्यानाकर्षण गराउने युवाहरुले बताएका छन् ।

