Madhes Khabar
अन्तर्राष्ट्रिय

सिक्किममा ट्रक दुर्घटना , १६ सैनिकको मृत्यु

फाेटाे : एजेन्सी

एजेन्सी
०८ पुस: भारतको सिक्किममा शुक्रबार भारतीय सेना चढेको गाडी (ट्रक) दुर्घटना हुँदा १६ जना सैनिकको मृत्यु भएको छ ।

मृत्युु हुननेमा तीन जना सैन्य अधिकृत र १३ जना जवान रहेका बीबीसी हिन्दीले जनाएको छ । दुर्घटनामा अन्य चार जना घाइते भएका छन् । घाइतेहरूलाई हेलिकप्टरमार्फत उद्धार गरी अस्पताल लगिएको छ ।

सैनिक बोकेका तीन वटा गाडी सँगसँगै रहेकामा एउटा गाडी घुम्तीमा सडकबाट तल झरेको भारतीय सेनालाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाएको छ ।

भारतीय रक्षा मन्त्री राजनाथ सिंहले दुर्घटना प्रति दुःख व्यक्त गर्दै शाेकाकुल परिवारमा समवेदना प्रकट गरेका छन्।

Related posts

पहलगाममा आक्रमण गर्ने आतंककारीबारे सूचना दिनेलाई २० लाख भारु पुरस्कार

MadhesKhabar

भारतले चामल निर्यातमा राेक लगायाे

MadhesKhabar

श्रीलङ्कामा संकटकाल घोषणा

MadhesKhabar

Leave a Comment