Madhes Khabar
मधेस प्रदेश

महोत्तरीमा नेहा चौधरीका समर्थकसंग झडप हुदाँ ४ जना प्रहरी घाइते

वीरगन्ज,२९ मंसिर : महोत्तरीको रामगोपालपुर ५ मा दाइजोको बहानामा प्रताडित भएपछि न्यायको माग गर्दै संघर्षरत नेहा चौधरीको पक्षमा उत्रिएका स्थानीय र प्रहरी बीच झडप भएको छ ।

झडपमा ४ जना प्रहरी घाइते भएका छन् । झडप नियन्त्रणका लागि प्रहरीले ५ राउन्ड अश्रुग्याँस प्रहार पनि गरेको छ ।
यहि मंसिर २६ गते घरेलु हिंसा मुद्दामा महोत्तरी जिल्ला अदालतले संरक्षणात्मक आदेश गरेपछि माइतबाट घर फर्किएकी नेहा चौधरीले घर भित्र प्रवेश नपाएको विषयलाई लिएर सुरु भएको विवादले बिहीबार झडपको रुप लिएको हो ।

घरमा प्रवेश नपाएपछि नेहा आफ्ना पति डा. पंकज चौधरीको घरको गेटमै धर्ना बसेकी थिइन् । नेहाले पंकजको घरमा प्रवेश पाउनुपर्ने माग राख्दै गरिएको प्रदर्शनमा प्रदर्शनकारीहरूले प्रहरी माथि ढुङ्गामुढा गर्न थालेपछि झडप भएको हो । झडपमा २ जना सशस्त्र प्रहरी, १ जना नेपाल प्रहरी र १ जना नगरप्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

आरोपित पंकजलाई नियन्त्रणमा लिएर नेहाको दाइजो मुद्दा माथी थप अनुसन्धान गरिरहेको समयमा अनावश्यक आन्दोलन चर्काएको भन्दै प्रहरीले नेहा चौधरी र नेहारिका राजपुतलाई समेत अहिले नियन्त्रणमा लिएर आन्दोलन मत्थर बनाउने प्रयास भइरहेको महोत्तरीका प्रहरी उपरिक्षक कृष्ण पंगेनीले जानकारी दिए । साभार : कान्तिपुर

Related posts

होलीले सद्भाव र मेलमिलाप बढाउछ : मुख्यमन्त्री यादव

MadhesKhabar

महाेत्तरीमा सात वर्षिया बालिकालाई बलात्कार गरेकाे आराेपमा विद्यालय सञ्चालक पक्राउ

MadhesKhabar

धनुषाबाट अपहरणमा परेका थापाकाे उद्दार, पाँच अपहरणकारी पक्राउ

MadhesKhabar

Leave a Comment