Madhes Khabar
स्थानिय

पर्साको श्रीपुरबाट तस्करीको काठ बरामद

मधेसखबर
वीरगन्ज,२५ मंसिर : पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर २ श्रीपुर टोलबाट प्रहरीले दुइ थानसालको गोलिया काठ बरामद गरेको छ ।तस्करहरुले जंगलबाट रुख फडानी गरि साइकलमा बोकेर ल्याउदै गरेको काठ प्रहरीले बरामद गरेको हो ।

ईलाका प्रहरी कार्यलय पटेर्वासुगौलीबाट प्रहरी नायब निरीक्षक नन्दकिशोर साहको नेतृत्वमा खटिएको प्रहरी टोलीले आईतवार बिहान ४ बजे तिर दुई थान साईकल सहित अन्दाजी १४ घनफिट सालको काठ बरामद गरेको स्थानीय सन्चारकर्मी रामकिशोर चौधरीले जानकारी दिए ।

काठ र साइकल बरामद भएपनि तस्करहरु भने फरार भएकाले उनिहरुको खोजी भइरहेको प्रहरी नायब निरिक्षक साहले बताए ।

Related posts

कलैयाकाे यातायात कार्यालयमै कार्यालय प्रमुख दास र खरिदार साहबीच कुटाकुट

MadhesKhabar

ग्लोबल आइएमई लघुवित्तद्वारा छात्रवृति प्रदान

MadhesKhabar

वीरगन्जमा कल सेन्टर खोलेर विदेशमा समेत अनलाइन ठगीको धन्दा चलाउने चिनियाँ गिरोह पक्राउ

MadhesKhabar

Leave a Comment