Madhes Khabar
स्थानिय

पर्साको श्रीपुरबाट तस्करीको काठ बरामद

मधेसखबर
वीरगन्ज,२५ मंसिर : पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर २ श्रीपुर टोलबाट प्रहरीले दुइ थानसालको गोलिया काठ बरामद गरेको छ ।तस्करहरुले जंगलबाट रुख फडानी गरि साइकलमा बोकेर ल्याउदै गरेको काठ प्रहरीले बरामद गरेको हो ।

ईलाका प्रहरी कार्यलय पटेर्वासुगौलीबाट प्रहरी नायब निरीक्षक नन्दकिशोर साहको नेतृत्वमा खटिएको प्रहरी टोलीले आईतवार बिहान ४ बजे तिर दुई थान साईकल सहित अन्दाजी १४ घनफिट सालको काठ बरामद गरेको स्थानीय सन्चारकर्मी रामकिशोर चौधरीले जानकारी दिए ।

काठ र साइकल बरामद भएपनि तस्करहरु भने फरार भएकाले उनिहरुको खोजी भइरहेको प्रहरी नायब निरिक्षक साहले बताए ।

Related posts

सर्वोच्च अदालतमा वीरगन्जको मेनरोड विस्तारको सुनुवाई २४ औं पटक पनि सर्यो

MadhesKhabar

वीरगन्जमा निम्तिएको पानीको समस्या लिएर प्रधानमन्त्री प्रचण्डकोमा पुगे सांसद प्रदीप यादव

MadhesKhabar

सखुवा प्रसौनीकाे वडा कार्यालयमा तोडफोड, कस्ले गर्याे ?

MadhesKhabar

Leave a Comment