Madhes Khabar
समाचार

पशुपति रोड कैरियरको मालवाहक ट्रक प्रहरी नियन्त्रणमा

मधेसखबर
वीरगन्ज,१४ मंसिर : वीरगन्जमा भन्सार र बिलबिजक भन्दा बढि मालसमान रहेको एउटा ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीले वीरगन्जको पशुपति रोड कैररियर ट्रान्सपोर्टबाट मालसमान लिएर रौतहट जादै गरेको ना ७ ख ६८७५ नम्बरको ट्रक घण्टाघर चोकबाट नियन्त्रणमा लिउको हो ।

मङगलबार राति ट्रक रोकेर जाँच गर्ने क्रममा पशुपति रोड कैरियर ट्रासपोर्टबाट पठाईएको ट्रकमा विल बिजक संकास्पद देखिएको हुँदा उक्त ट्रक नियन्त्रणमा लिइएको र ट्रकमा ५५ लाख ६१ हजार ७६७ रुपैया मुल्यको खुद्रा तथा औषधीजन्य सामाग्रीहरू फेला परेको प्रहरीले जनाएको छ ।

सामान सहितको ट्रक अनुसन्धान तथा आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुधबार बुझाइएको पर्साका प्रहरी उपरिक्षक रमेश बस्नेतले जानकारी दिए।

Related posts

मकवानपुरमा गाडी दुर्घटना हुदा चार जनाको मृत्यु

MadhesKhabar

वीरगन्जमा तस्करीको आशंकामा २ करोडको सामानसहित ३ वटा ट्रक प्रहरी नियन्त्रणमा

MadhesKhabar

चेतनको हत्यारालाई कारबाहीको गर्न अनेरास्ववियु पर्साको माग

MadhesKhabar

Leave a Comment