Madhes Khabar
वाग्मती प्रदेश

रवि लामिछानेको पार्टी कार्यालयमा आगलागी

वीरगन्ज,११ मंसिर ः चितवन स्थित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जिल्ला कार्यालयमा आगलागी भएको छ ।शुक्रबार राति भरतपुर–११, भोजाड स्थित कुमारीचोकमा रहेको रवि लामिछानेको नेतृत्वको रास्वपाको जिल्ला कार्यालयमा सामान्य आगो लागेको चितवन प्रहरीले जनाएको छ ।

घटनामा कार्यालयभित्र रहेका फर्निचरका सामग्रीहरु जलेका छन् । आगलागीबाट कार्यालयभित्र रहेको प्लास्टिकका कुर्ची, झण्डा, भित्र राखेको साइन बोर्डलगायतका केही सामग्रीमा क्षति पुगेको छ ।

कार्यालयको ढोका चाबी यथावत रहेको र भित्र केही सामान जलेको पाईएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

चितवनका प्रहरी उपरिक्षक नवराज अधिकारीले घटनाको अनुसन्धान भैरहेको बताए । घटना शुक्रबार रातिको भए पनि ढिला गरेर मात्रै खबर आएको थियो । सम्पर्क कार्यालय भएकोले त्यति ठूलो क्षति नभएको प्रहरीको भनाइ छ । साभारः अनलाइनखबर

Related posts

काठमाडौंबाट दिल्ली जाँदै गरेकाे बसबाट ३ कराेडकाे भेप बरामद

MadhesKhabar

नारायणगढ मुग्लिन सडक खण्डमा दैनिक चार घण्टा सवारी आवामगन रोकिने

MadhesKhabar

खाद्यान सामाग्री ढुवानी लेखिएको ट्याक्टरमा अबैध कस्तुरी ढुवानी , पर्सा प्रहरीले गर्यो पक्राउ ।

MadhesKhabar

Leave a Comment