Madhes Khabar
स्थानिय हेडलाइन

पर्सा २ : काँग्रेसका चौरसिया जसपाका कुर्मी भन्दा ६१२ मतले अगाडि

मधेसखबर
वीरगन्ज,०५ मंसिर : पर्सा क्षेत्र नम्बर २ को जारी मतगणनाको पहिलो परिणाम अनुसार प्रतिनिधीसभा सदस्यमा नेपाली काँग्रेसका उम्मेदवार अजय चौरसियाले अग्रता बढाउदै लगेका छन् ।

ठाकुरराम बहुमुखी क्याम्पसमा जारी मतगणनाको पहिलो परिणाम अनुसार, सोमबार राति १० बजे सम्म ५९१९ मत गनिसक्दा सक्दा गठबन्धनका साझा उम्मेदवार चौरसियाले २५९३ मत प्राप्त गरेका छन् । जसपाका उम्मेदवार सुरेन्द्र कुर्मीले १९८१ मत प्राप्त गरेका छन् । कुर्मी भन्दा चौरसिया ६१२ मतले अगाडि छन् । पर्सा २ मा अहिले सम्म पर्सागढी नगरपालिका वडा नम्बर १ , २ र ३ को मत गनेर सकिएको छ ।

पर्सा २ मा कूल मतदाता ८६ हजार ९ सय ६६ रहेकोमा आइतबार भएको निर्वाचनमा ५९ हजार १ सय ८८ मत खसेको थियो ।

Related posts

दूधको मूल्य बढाउन किसानको माग

MadhesKhabar

जीतपुर सिमरा उपमहानगरमा पहिलोपटक विशेषज्ञ डाक्टर सहितको स्वास्थ्य सेवा सुरु

MadhesKhabar

वीरगन्जमा प्रदर्शन जारी,लगातार अश्रुग्यास प्रहार,कर्फ्यु लम्ब्याइयाे

MadhesKhabar

Leave a Comment