Madhes Khabar
स्थानिय

वीरगन्जका पत्रकारहरुकाे लागि आपतकालिन कोष खडा गर्ने समितिकाे निर्णय

वीरगन्ज,११माघ:वीरगन्ज महानगरपालिकाकाे आम सञ्चारमाध्यम प्रबद्र्धन तथा नियमन समितिले वीरगन्जका पत्रकारहरुकाे लागि आपतकालिन कोष खडा गर्ने निर्णय गरेको छ ।

आम सञ्चारमाध्यम प्रबद्र्धन तथा नियमन समितिका संयोजक ध्रुव अधिकारीको अध्यक्षतामा बिहीबार बसेकाे वैठकले वीरगन्जका श्रमजीवी पत्रकारहरुलाई आपतकालिन अवस्थामा तत्काल सहयोग र राहत उपलब्ध गराउन आपतकालिन कोष निर्माण गर्ने निर्णय गरेको हाे ।

बैठकले कोष खडा गर्ने सम्बन्धमा महानगरका मेयर राजेशमान सिंहसँग परामर्श गरी पारदर्शी रुपमा कोष संचालनको कार्य विधि समेत बनाउने निर्णय समेत गरेको छ ।

त्यसैगरी बैठकले बीरगन्ज महानगरपालिकाले प्रदान गर्दै आएको लोककल्याणकारी विज्ञापन प्रकाशन प्रशारणको प्रभावका सम्बन्धमा संयोजक ध्रुव अधिकारीको नेतृत्वमा समिति गठन गरी अनुगमन गर्ने जिम्मेवारी समेत तोकेको छ ।

बैठकले लोक कल्याणकारी विज्ञापन प्रवाहलाई थप प्रभावकारी बनाउने निर्णय समेत गरेको संयोजक अधिकारीले बताए ।

बैठकमा समितिका सदस्यह,ु वृजलाल पासवान, मनोज पटेल, अमित अग्रवाल, माधुरी महतो, अमित साह, मुस्कान श्रेष्ठ,सदस्य सचिव हरिओम प्रसाद चौधरी, महानगरपालिकाका प्रशासन प्रमुख राज ताम्राकार लगायतको सहभागिता रहेको थियो ।

Related posts

वीरगन्जमा लामखुट्टेको प्रकोप बढेपछि विषादी छर्कने महानगरको तयारी, तपाईको वडामा कहिले ?

MadhesKhabar

वीरगन्ज : पाेलमा चढेर विद्युत मर्मत गर्ने क्रममा खसेर विद्युत प्राधिकरणका एक कर्मचारीकाे मृत्यु

MadhesKhabar

बारामा नम्बरी जग्गाको स्वीकृति लिएर सरकारी जग्गाबाट माटो चोरी गर्दै बिक्री

MadhesKhabar

Leave a Comment