Madhes Khabar
स्थानिय हेडलाइन

पर्सा २ मा काँग्रेसका चौरसियाको शुरुवाती अग्रता

मधेसखबर
वीरगन्ज,०५ मंसिर : पर्सा क्षेत्र नम्बर २ को जारी मतगणनाको पहिलो परिणाम अनुसार प्रतिनिधीसभा सदस्यमा नेपाली काँग्रेसका उम्मेदवार अजय चौरसियाले शुरुवाती अग्रता लिएका छन् ।

ठाकुरराम बहुमुखी क्याम्पसमा जारी मतगणनाको पहिलो परिणाम अनुसार, १३८४ मत गनिसक्दा सक्दा गठबन्धनका साझा उम्मेदवार चौरसियाले ६७६ मत प्राप्त गरेका छन् । जसपाका उम्मेदवार सुरेन्द्र कुर्मीले ४९६ मत प्राप्त गरेका छन् । कुर्मी भन्दा चौरसिया १८० मतले अगाडि छन् । यस्तै राप्रपाका उम्मेदवार नरेश साह कानुले ३२ मत पाएका छन् ।

पर्सा २ मा कूल मतदाता ८६ हजार ९ सय ६६ रहेकोमा आइतबार भएको निर्वाचनमा ५९ हजार १ सय ८८ मत खसेको थियो ।

 

Related posts

मधेसका किसानलाई यसवर्ष गहुँ खेतीका लागि मलको अभाव नहुने

MadhesKhabar

ड्राइपोर्टमा सार्वजनिक जग्गा बनाइएका पक्कि भवनसहित १७ घर टहरा महानगरले भत्कायाे

MadhesKhabar

वीरगन्ज महानगरको सेवा पुनसन्चालनका लागि सूर्या नेपालले दियो कम्प्युटर,ल्यापटप सहितका उपकरण

MadhesKhabar

Leave a Comment