Madhes Khabar
स्थानिय

बारामा एक युवकको हत्या ,परालको भुसबाट शव बरामद

सांकेतिक फोटो

मधेसखबर
वीरगन्ज,२९ मंसिर : बारामा एक युवकको हत्या गरिको अवस्थामा शव फेला परेको छ ।वीरगन्ज १६ नगवासंग साँध जोडिएको बाराको विश्रामपुर गाउँपालिका वडा नम्बर ५ इटियाहीमा परालको भुसले छोपिएको अवस्थामा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १० का २२ वर्षीय सुरज साह कानुको शव भेटिएको हो ।

बाराका प्रहरी उपरिक्षक तारले खुट्टामा बाँधेको र टिसर्टले मुख छोपेको अवस्थामा सुरजको शव भुसले छोपेर राखिएको अवस्थामा बुधबार बेलुकी भेटिएको जानकारी दिए ।गाइवस्तुलाई खुवाउन पराल काटेर बनाइएको भुसको थुप्रोबाट शवको खुट्टा बाहिर देखापरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरी उपरिक्षक बोगटीले शवको प्रकृति हेर्दा कसैले हत्या गरेर फालेको हुन सक्ने आशंका गरिएको तर मृत्युको कारण भने खुली नसकेको बताए ।बिहीबार शवको पोष्टमार्टम गरि साँझ परिवारको जिम्मा लगाइएको भन्दै बोगटीले भने ,‘ पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै मृत्युको यकिन कारण खुल्नेछ ।

प्रारम्भिक अनुसन्धनका क्रममा उक्त घटनामा संलग्न रहेको आशंकामा दुइ जना युवकलाई नियन्त्रणमा लिएर पुछताछ गरिरहेको जानकारी पनि बोगटीले दिए ।

Related posts

पर्सामा ४५ हजार भन्दा बढि मत बदर

MadhesKhabar

वीरगन्जमा सानो पाईलाद्वारा ‘बाल श्रमिकको उद्धार अभियान’ सुरु, एकैदिन १७ बालकको उद्धार

MadhesKhabar

सरसफाईमा अझ कडाई गर्दै महानगर : फोहोर फाल्ने एक जनालाई ५० हजार जरिबाना

MadhesKhabar

Leave a Comment