Madhes Khabar
राष्ट्रिय

मतपेटिका खाेस्न खाेज्दा गाेली चल्याे , एककाे मृत्यु

मधेसखबर
वीरगन्ज ,०४मंसिर : बाजुराको त्रिवेणी नगरपालिका-७ स्थित नाट्यस्वरी आधारभूत विद्यालय दम्था मदतान स्थलमा मतपेटिका खोस्न खोज्दा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ। तीन जना घाइते भएका छन्।

गोली लाग्दा २५ वर्षीय सञ्जिव अएडीको मृत्यु भएको हो। घाइते हुनेमा स्थानीय पर्शुराम पाध्याया र खडक अएडी र प्रहरी हवल्दार कृष्ण कुँवर घाइते भएका हु्न्।

घाइतेलाई अहिले नेपाली सेनाको हेलिकोप्टरबाट सुर्खेत लगेको जिल्ला प्रहरी कार्यालयका प्रमुख सूर्य थापाले बताए।

एक जना स्थानीयले मतपेटिका खोस्न खोज्दा उत्पन्न विवादपछि झडप हुँदा प्रहरीले हवाइ फायर गरेको बुझिएको प्रहरी प्रमुखले बताए। साभार :अन्नपूर्ण पाेष्ट

Related posts

जनकपुर बोल्ट्सका समर्थकलाई कुटपिट गरेको आरोपमा काठमाडौंमा २ जना पक्राउ

MadhesKhabar

सरकार र मिटरब्याज पीडितबीच पाँच बुँदे सहमति

MadhesKhabar

पर्सा ३ को गणनामा २७२ मतपत्र नभेटिएको खुलाशा : के अब नतीजा उल्टिन्छ त ?

MadhesKhabar

Leave a Comment