Madhes Khabar
राजनीति

युवादेखि बृद्धको एउटै आवाज : पर्सा ३ (ख) मा डा. मधुलाई मतदान

मधेसखबर
वीरगन्ज ,२४ कार्तिक : पर्सा निर्वाचन क्षेत्र नंं ३ (ख) मा जसपा एमालेबाट साझा उम्मेदवार डा. मधु गुप्ता कुर्मीको पक्षमा युवादेखि बृद्वा सम्मकाे आकर्षण  देखिएको जसपाका कार्यकर्ताले बताएका छन् । चुनावी घरदैलोको क्रममा उनीहरुले डा. मधुलाई जिताउन कुनै कसर बाँकी नराख्ने बताएका हुन् ।

डा. मधु राजनीतिमा युवा भएकाले युवाहरुले युवाका अपेक्षा सम्बोधन हुने विश्वास लिएका छन् भने महिला, बुज्रुग तथा प्रवुद्ध वर्गले समेत उनलाई जिताउन लागि परेको जसपा केन्द्रीय सदस्य सल्मा खातुनको भनाइ छ ।चिकित्सा पेशाबाट सक्रिय राजनीतिमा आएको र उनको स्वच्छ छविका कारण पनि उनीबाट मतदाताले बढी अपेक्षा पालेको विश्लेषण गरिएको छ । डा. मधुले सुशासन, सार्वजनिक सेवाको प्रभावकारिता, विकास निर्माण, महिला, बालबालिका, शिक्षा, स्वास्थ्य, खेलकुदलगायतका क्षेत्रमा काम गर्ने प्रतिवद्धता गरेकी छन् ।

अहिले राजनीतिमा परिवर्तन र युवा नेतृत्वप्रति मतदाताको आकर्षण देखिएको अवस्थामा डा. मधुको छवि परिवर्तनको पक्षमा भएको विश्लेषण भइरहेको खातुनले बताइन् ।

Related posts

बजार छपकैयाँका मतदाताको घरदैलोमा स्वतन्त्र उम्मेद्वार रुपेशमान

MadhesKhabar

मधेस आन्दोलनका शहिद धर्मराजकी आमाले एमाले उम्मेदवार यादवलाई दिइन् जीतको आशिर्वाद

MadhesKhabar

प्रधानमन्त्री ओली समक्ष खानेपानी मन्त्री यादवले प्रस्तुत गरे मन्त्रालयको भावी योजना

MadhesKhabar

Leave a Comment