Madhes Khabar
राजनीति

युवादेखि बृद्धको एउटै आवाज : पर्सा ३ (ख) मा डा. मधुलाई मतदान

मधेसखबर
वीरगन्ज ,२४ कार्तिक : पर्सा निर्वाचन क्षेत्र नंं ३ (ख) मा जसपा एमालेबाट साझा उम्मेदवार डा. मधु गुप्ता कुर्मीको पक्षमा युवादेखि बृद्वा सम्मकाे आकर्षण  देखिएको जसपाका कार्यकर्ताले बताएका छन् । चुनावी घरदैलोको क्रममा उनीहरुले डा. मधुलाई जिताउन कुनै कसर बाँकी नराख्ने बताएका हुन् ।

डा. मधु राजनीतिमा युवा भएकाले युवाहरुले युवाका अपेक्षा सम्बोधन हुने विश्वास लिएका छन् भने महिला, बुज्रुग तथा प्रवुद्ध वर्गले समेत उनलाई जिताउन लागि परेको जसपा केन्द्रीय सदस्य सल्मा खातुनको भनाइ छ ।चिकित्सा पेशाबाट सक्रिय राजनीतिमा आएको र उनको स्वच्छ छविका कारण पनि उनीबाट मतदाताले बढी अपेक्षा पालेको विश्लेषण गरिएको छ । डा. मधुले सुशासन, सार्वजनिक सेवाको प्रभावकारिता, विकास निर्माण, महिला, बालबालिका, शिक्षा, स्वास्थ्य, खेलकुदलगायतका क्षेत्रमा काम गर्ने प्रतिवद्धता गरेकी छन् ।

अहिले राजनीतिमा परिवर्तन र युवा नेतृत्वप्रति मतदाताको आकर्षण देखिएको अवस्थामा डा. मधुको छवि परिवर्तनको पक्षमा भएको विश्लेषण भइरहेको खातुनले बताइन् ।

Related posts

कांग्रेसमै रहेर कांग्रेसलाई कमजोर बनाउने हर्कत अब सह्य हुदैन : सहमहामन्त्री यादव

MadhesKhabar

जनताबाट पाइरहेको स्वागत र समर्थनले निक्कै उत्साहित छु : रमेश रिजाल

MadhesKhabar

कांग्रेसकाे रुपान्तरणका लागि विशेष महाधिवेशनकाे पक्षमा बारामा पनि हस्ताक्षर अभियान सुरु

MadhesKhabar

Leave a Comment