Madhes Khabar
राजनीति हेडलाइन

बारा ४ मा किसानको कमाल : एमालेका उपाध्यक्ष सहित ३०० नेता नेकपा एसमा प्रवेश

मधेसखबर
वीरगन्ज, १९ कार्तिक : बारामा जितरपुर सिमरा उपमहानगरका नेकपा एमालेका नगर कमिटी उपाध्यक्ष सहित झण्डै तीन सय जना नेता कार्यकर्ता नेकपा एकिकृत समाजवादीमा प्रवेश गरेका छन् ।

जीतपुर सिमरा नगर कमिटिका उपाध्यक्ष वीरेन्द्र गिरि सहित २९३ जना एमालेका नेता कार्यकर्ता नेकपा एकिकृत समाजवादीमा प्रवेश गरेका हुन् ।जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा शनिबार आयोजित पार्टी प्रवेश कार्यक्रममा एमालेका प्रभावशाली नेता गिरि सहित २९३ जना एमालेका नेता कार्यकर्ता नेकपा एकिकृत समाजवादीमा प्रवेश गरेका हुन् ।

एमाले त्यागेर नेकपा एसमा प्रवेश गर्नेहरुमा नगर कमिटी उपाध्यक्ष गिरि, नेताहरु नेता कपुर राज पुरी, मिरा पुरी, बिष्णु अधिकारी, मोजाहिर न्ंसारी, कविता देवी चौधरी, कृष्ण प्रसाद गुप्ता लगायत छन् । उनीहरुलाई पाँच दलिय सत्ता गठबन्धनका तर्फबाट बारा क्षेत्र नम्बर ४ का प्रतिनिधिसभासदस्य उम्मेदवार कृष्ण कुमार श्रेष्ठ (किसान) ले टिका र खादा लगाएर पार्टीमा स्वागत गरे ।

कार्यक्रममा बोल्दै नेकपा एसका नेता एंव पूर्वमन्त्री समेत रहेका श्रेष्ठले एमालेबाट देश विकास नहुने ठोकुवा गरे । एमाले मधेसको मात्र नभइ देशकै विकास विरोधी पार्टी भएको आरोप लगाउदै श्रेष्ठले बाराको क्षेत्र नम्बर ४ को विकासमा आफु गंभिर भएर लाग्ने प्रतिवद्धता पनिा जनाए ।

पार्टी प्रवेश कार्यक्रममा बोल्दै एमाले परित्याग गरी नेकपा एकिकृत समाजवादीमा प्रवेश गरेका वीरेन्द्र गिरिले एमालेभित्र गुण्डागर्दि हाबि भएको र एमालेबाट देशको विकास सम्भव नभएको एमाले पतनको स्थितिमा पुगेको बताए ।

Related posts

राजमार्गमा पर्ने दुधौरा खोलाको पुल ४ बर्ष देखि अधुरै

MadhesKhabar

प्रचण्डलाई प्रधानमन्त्री बनाउने बालकोट बैठकको निर्णय

MadhesKhabar

वीरगन्जलाई ‘हरित शहर’ बनाउने अभियान निरन्तर : हालसम्म १५ हजार बढी विरुवा रोपियो

MadhesKhabar

Leave a Comment