Madhes Khabar
समाचार हेडलाइन

मजदुर रिहाईको माग गर्दै बाराको सिडिओ कार्यालय अगाडि प्रदर्शन

फाइल फोटो

 

मधेसखबर
वीरगन्ज,०४ कात्तिक : बाराको त्रिवेणी स्पिनिङ मिल्स प्रालिका मजदुरहरुले शुक्रबार कलैया स्थित जिल्ला प्रशासन कार्यालय बारा अगाडि प्रदर्शन गरेका छन् ।

उधोगमा बिहीबार भएको प्रहरीसंगको झडपमा क्रममा पक्राउ परेका ७ जना मजदुरहरुलाई रिहाइ गर्न माग गर्दै उनिहरुले शुक्रबार जिल्ला प्रशासन कार्यालय अगाडि नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् ।

दशैंतिहारको बोनस माग गर्दै आन्दोलनरत मजदुरहरुले उद्योगका सिइओ सहित १३ जना कर्मचारीलाई २४ घण्टा भन्दा बढि समय सम्म थुनेपछि बिहीबार उद्धार गर्न गएको प्रहरी टोली र आन्दोलनरत मजदुहरु बिच झडप भएको थियो । झडपमा प्रहरीले ३४ राउण्ट अश्रु ग्याँस र एक राउण्ड हवाइ फायर गरेको थियो ।

झडपमा १० जना प्रहरी र १४ जना मजदुर घाइते पनि भएका थिए । झडपमा संलग्न मध्येका ७ जना मजदु्रलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

दशैं तिहारको बोनश भत्ताको माग राखेर गरिएको आन्दोलनमा प्रहरीले दमन गरेको र उल्टै ७ जनालाई फकेर प्रहरी हिरासतमा पनि राखेका भन्दै मजदुरहरुले आफ्ना साथीहरुको निशर्त रिहाइको माग गरेर प्रदर्शन गरिएको मजदुर प्रभास यादवले बताए ।

Related posts

विकास खर्चमा वीरगन्ज महानगर पहिलाे नम्बरमा

MadhesKhabar

वीरगन्ज नाका हुदैं ६ महिनामा १२ अर्ब रुपैयाँ मूल्यको धान,चामल,मकै लगायतका खाद्यान्न आयात

MadhesKhabar

प्रदेश सरकारको नीति तथा कार्यक्रममा वीरगन्जका लागि विशेष प्याकेजको माग

MadhesKhabar

Leave a Comment