Madhes Khabar
राजनीति

डडेल्धुरामा देउवालाइ हराउन एमालेले काँग्रेस बिपीका मल्ललाइ समर्थन गर्ने

मधेसखबर
वीरगन्ज, २१ असोज : नेपाली काँग्रेसका सभापति एंव प्रधानमन्त्री शेर बहादुर देउवालाइ हराउन डडेल्धुरामा काँग्रेस बिपीका उम्मेदवार कर्ण मल्लाइ नेकपा एमालेले समर्थन गर्ने भएको छ ।

नेकपा एमालेले डडेलधुराबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी नदिने र देउवासंग चुनाव लड्ने काँग्रेसका पूर्व जिल्ला सभापति समेत रहेका मल्ललाइ समर्थन गर्ने भएको हो । जबकी एमाले डडेलधुराले पूर्व प्रदेश मन्त्री पठानसिंह बोहोराको नाम एकल सिफारिस गरेको थियो ।

तर उनलाई पछि हटाएर नेपाली कांग्रेस (बीपी) का उम्मेदवार मल्ललाई समर्थन गर्ने निर्णय एमालेले य गरेको हो । योसँगै प्रधानमन्त्री एंव कांग्रेसका सभापति देउवालाई २४ वर्ष साथ दिएका मल्लले उनीसँगै प्रतिस्पर्धा गर्ने भएका छन् ।

नेपाली कांग्रेसबाट विद्रोह गरी कांग्रेस (बीपी) मा लागेका मल्लसँग गएको स्थानीय चुनावमा पनि एमालेले तालमेल गरेको थियो । त्यही तालमेललाई निरन्तरता दिँदै प्रतिनिधिसभामा मल्ललाई समर्थन गर्ने एमालेले निर्णय गरेको हो । साभार : अनलाइनखबर

Related posts

खाद्यान सामाग्री ढुवानी लेखिएको ट्याक्टरमा अबैध कस्तुरी ढुवानी , पर्सा प्रहरीले गर्यो पक्राउ ।

MadhesKhabar

कांग्रेसको स्थानीय निकाय विभागको सदस्यमा पर्साबाट तीन जना मनोनीत

MadhesKhabar

जनताको घरदैलो पुगेका सोनललाई भव्य स्वागत

MadhesKhabar

Leave a Comment