Madhes Khabar
राजनीति हेडलाइन

मुख्यमन्त्री राउत , पर्सा १ को ख बाट सिफारिस

मधेसखबर
वीरगन्ज, १९ भदौं : मधेस प्रदेशका मुख्यमन्त्री डा लालबाबु राउतलाई जनता समाजवादी पार्टी (जसपा)ले पर्सा क्षेत्र नंबर १ को (ख) बाट प्रदेशसभा सदस्यकाो उम्मेदवारमा सिफारिस गरेको छ ।

मंसिर ४ मा हुने प्रदेशसभा निर्वाचनका लागि मुख्यमन्त्री राउतलाई पर्साको क्षेत्र नंबर १ को (ख) बाट प्रदेशसभा सदस्यको उम्मेदवारमा एकल नाम सिफारिस गरिएका जसपाका जिल्ला सचिव तबरेज अहमदले जानकारी दिए ।

२०७४ सालको निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरम नेपालबाट उम्मेदवार बनेका मुख्यमन्त्री राउत ९ हजार ८सय ४ मत ल्याएर प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।

उनका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका विजयकुमार सर्राफले ६ हजार ८ सय २९ मत ल्याएका थिए भने नेकपा एमालेका उम्मेदवार शम्भु प्रसाद गुप्ताले २ हजार ८ सय ७६ मत ल्याएका थिए ।

Related posts

कक्षा-१२ काे परीक्षा बैशाख २६ देखि

MadhesKhabar

शिवरात्रीका दिन पिपराको पशुपतिनाथ मन्दिमा भव्य मेला लाग्ने

MadhesKhabar

पर्सामा राष्ट्रिय भूमि आयोगको काममा सहयोग गर्ने दलहरुको प्रतिबद्धता

MadhesKhabar

Leave a Comment