Madhes Khabar
स्थानिय हेडलाइन

प्रदीप गिरि काँग्रेसकाे मात्र नभइ सबै पार्टीको साझा नेता थिए : वक्ताहरु

मधेसखबर
वीरगन्ज ,१६ भदौं:नेपाली कांग्रेसका नेता स्वर्गीय प्रदीप गिरीको १३ औँ दिनको पुण्य तिथीमा वीरगन्जमा बिहीबार श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।

नेपाली कांग्रेस पर्साले आयोजना गरेको श्रद्धाञ्जली सभामा नेकपा एमाले, जनता समाजवादी पार्टी लगायतका प्रतिनिधिको समेत सहभागिता थियो ।

कार्यक्रममा बोल्ने वक्ताहरुले प्रदीप गिरी नेपाली कांग्रेसका मात्रै नभएर अन्य पार्टीका लागि पनि साझा नेता रहेको बताएक । कांग्रेसको नेता हुँदाहुँदै उनी कम्युनिष्टलाई समाजवाद र माक्र्सबाद पढाउँदै हिँडेको स्मरण गर्दै वक्ताहरुले गिरीलाई कुनै पार्टीको मात्रै घेरामा राख्नु भन्दा पनि सबैका लागि साझा व्यक्तित्व रहेको बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं कार्यक्रमका प्रमुख अतिथि रमेश रिजालले स्वर्गीय प्रदीप गिरीले देखाएको बाटोमा हिँड्न सके मात्रै पनि उनी प्रति सच्चा श्रद्धाञ्जली अर्पण हुने बताए ।

उनले भने,यो गर्छु त्यो गर्छु भनेर भन्नु भन्दा पनि हरेकले गाउँमा रहेका विपन्न, गरिब, दलितका एकएक जना सन्तानको शिक्षाको जिम्मा लिने हिम्मत गरे मात्रै स्वर्गीय गिरी प्रतिको सच्चा श्रद्धाञ्जली अर्पण हुनेछ ।

एक फरक प्रसंगमा नेता रिजालले आउँदो मंसिर ४ गते हुने निर्वाचनमा अहिले रहेको गठबन्धनको विकल्प नरहेको बताए । स्थानीय तहको बेला कसले कहाँ घात अन्तर्घात गर्यो भन्दा पनि अहिले संविधान विरोधी, संघीयता विरोधी तत्वलाई परास्त गर्न पनि बलियो र विश्वासिलो गठबन्धन बनाएरै अघि बढ्नु पर्ने आवश्यकता रहेको औँल्याए ।

अहिले सिट बाँडफाँडका बारेमा छलफल भइरहेको भन्दै उनले कसको के हैसियत छ बुझेर बाँडफाँडको टुंगो लाग्ने पनि उनले स्पष्ट पारे । कांग्रेसले १ सय सिट माग गरिरहेको भए पनि ८०-८५ सिटमा कुरा मिल्न सक्ने भन्दै उनले त्यति जित्न सकिए पनि समानुपातिक जोडेर कांग्रेस ठूलो पार्टी बन्नेमा कसैले रोक्नै नसक्ने बताए ।

कार्यक्रममा अर्का केन्द्रीय सदस्य अजय चौरसियाले स्वर्गीय गिरीको स्वभाव जस्तै सबैले लोभ, लालच, अभिमान त्यागे मात्रै राजनीतिले सच्चाई प्राप्त गर्ने बताए । नेता अजय द्विवेदीले गिरीको निधनले समग्र राजनीतिमा विचारको दियो निभेको भान भएको बताए । उनले स्वर्गीय गिरी माक्र्सबाद र गान्धिवादको मिश्रण गरेको भन्दै पार्टीमा उनी बैचारिक सिङ्गल पिस रहेको पनि बताए । उनी जस्तो नेता अब खोजेर नपाईने भन्दै स्वर्गीय गिरीका विचार अहिले पनि सामाजिक सञ्जालमा खोजि खोजी आफूले सुन्ने गरेको र अरुलाई पनि सुन्न आह्वान गरे ।

कार्यक्रममा नेकपा एमाले सुन्दर कुर्मी, जनता समाजवादी पार्टीका सचिव तबरेज अहमद लगायतले गिरीको विचारले आफूलाई पनि राजनीतिमा तानेको भन्दै उनी जस्तो सबैको प्रिय नेता अब भेट्न नसकिने विचार व्यक्त गरे ।

काँग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा पुर्वमन्त्री सुरेन्द्र चौधरी, पूर्व सभापति राजेन्द्र बहादुर अमात्य, वीरगञ्ज महानगरपालिकाका पूर्व उपमेयर शान्ति कार्की, सामाजिक कार्यमा सक्रिय युवा कञ्चन झा लगायतले प्रदीप गिरीको जीवनीका बारेमा चर्चा गरेका थिए ।

Related posts

फेसबुक र टिकटकमा असमाजिक र अराजक गतिविधी गर्ने वीरगन्जका पटेल पक्राउ

MadhesKhabar

मधेसमा बैशाख २० गतेसम्म तातो हावा चल्ने,सतर्कता अपनाउन आग्रह

MadhesKhabar

नारायणी अस्पतालमा ५०० बेडकाे भवन निर्माणका लागि माग गर्दै वीरगन्जमा जनमत पार्टीको प्रदर्शन

MadhesKhabar

Leave a Comment