Madhes Khabar
समाज

वीरगन्ज कारागारमा महिला कैदीबन्दीका लागि चिसो खानेपानी मेसिन जडान

मधेसखबर
वीरगन्ज, १३ भदौं : वीरगन्ज कारागारमा महिला कैदीबन्दीका लागि चिसो खानेपानी मेसिन जडान गरिएको छ । रूङगटा वेल फेयर सोसाइटी वीरगन्जले कारागारमा चिसो खानेपानी मेसिन जडान गरि दिएको हो ।

ग्रिनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरका संस्थापक स्वर्गीय सुशील खेतानको स्मृतिमा रूङगटा वेल फेयर सोसाइटीले ग्रिनसिटी सामुदायिक सेवा केन्द्र तथा ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरको समन्वयमा उक्त मेसिन सोमबार जडान गरेको हो ।

हिन्दु महिलाहरुको महान पर्व हरीतालिका तिजको उपलक्ष्य पारे महिला कैदीबन्दीको सहजताका लागि उक्त मेसिन जडान गरिएको ग्रिनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जय प्रकाश खेतानले बताए ।

मेसिन जडाानन कार्यक्रममा पर्साका प्रमुख जिल्ला अअधिकारी उमेश कुमार ढकाल, रुङगटा वेल फेयर सोसाइटीका अध्यक्ष सुरेश रुङगटा , वीरगन्ज कारागारका जेलर कृष्ण गैरे, प्रहरी नायव उपरिक्षकद्वय .दिपक गिरी र निर्मल बुढाथोकी, सशस्त्र प्रहरी नायव उपरिक्षक सुमन थापा , प्रहरी निरिक्षक विशाल मल्ल , व्यवस्थित वीरगन्ज अभियानका संयोजक दिलीपराज कार्की , वीरगन्ज सामुदायिक आँखा हस्पिटलका सदस्य मुकेश खेतान लगायतको सहभागिता रहेको थियो ।

Related posts

लागुऔषध सहित सर्लाही र धादिङका चार युवक वीरगन्जबाट पक्राउ

MadhesKhabar

ठाकुरराममा स्ववियुद्वारा आयोजित कार्यक्रममा ६१ जनाले गरे रक्तदान

MadhesKhabar

वीरगन्ज–८ मा वडा कार्यालयले ३५ जनालाई गर्‍यो ‘ नागरिक अभिनन्दन ’

MadhesKhabar

Leave a Comment