Madhes Khabar
स्वास्थ्य

सखुवाप्रसौनी गाउँपालिकाका सेवाग्राहीका लागि निशुल्क एम्बुलेन्स सेवा सुरु


फाइल फोटो

 

मधेसखबर
वीरगन्ज , १२ भदौं : पर्साको सखुवाप्रसौनी गाउँपालिकाले आफना पालिकाका कोहि पनि व्याक्ति बिरामी परे उपचारका लागि पर्सा जिल्लाको कुनै पनि अस्पतालमा लैजानु परे निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउन शुरु गरेको छ ।

गाउँपालिलाका प्रमुख प्रशासकिय अधिकृत देवनाथ साहले भदौं १ गते देखि नै पालिकाले निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउन थालिसकेको जानकारी दिएका हुन् ।

उनका अनुसार पालिकामा दुइ वटा एम्बुलेन्स उपलब्ध छन् । मधुवन मथलव स्वास्थ्य चौकी र महुवन स्वास्थ्य चौकीमा रहेका दुइ वटा एम्बुलेन्स , पालिकाका सेवाग्राहीका लागि भदौ १ गते देखि नै निशुल्क उपलब्ध गराउन थालिएको सखुवा प्रसौनी गाँउपालिकाका अध्यक्ष यशवन्त यादवले बताए ।

गाउँपालिकाको नवौँ गाउँ सभाबाट पारित भएको निर्णय बमोजिम भदौं १ गते देखि यो सेवा उपलब्ध गराइएको उनले जानकारी दिए ।

तर सखुवाप्रसौनी गाउँपालिकाका सेवाग्राहीले उपचारका लागि पर्सा जिल्लाभन्दा बाहिरको अस्पताल वा स्वास्थ्य संस्थामा जानुपरेमा भने ईन्धन खर्च सेवाग्राही स्वंयले व्यहोर्नुपर्ने अध्यक्ष यादवले बताए । यसैगरि सखुवाप्रसौनी गाउँपालिका बाहेकका अन्य नागरिकको हकमा भने साविक बमोजिम नै एम्बुलेन्स भाडा लागु हुने उनले बताए ।

Related posts

नारायणी अस्पतालको मुद्दा छिटो छिनोफानो गर्न सर्वाेच्च अदालतसंग सांसद यादवकाे आग्रह

MadhesKhabar

हैजाकाे संक्रमण देखिएको डेढ महिनापछि वीरगन्जसहित पर्साका सबै पालिकामा खाेप अभियान सञ्चालन गरिदैं

MadhesKhabar

पर्साको प्रसौनीभाठामा अहमदिया संघको निःशुल्क शिविरबाट ४ सय ७६ जना लाभान्वित

MadhesKhabar

Leave a Comment