Madhes Khabar
हेडलाइन

जसपाको वीरगन्ज बैठकको निर्णय : बाबुराम सहित ९ नेतालाइ कारबाही

मधेसखबर
वीरगन्ज ,३० असार :जनता समाजवादी पार्टी (जसपा) ले संघीय परिषदका अध्यक्ष डाक्टर बाबुराम भट्टराइ सहित ९ जना नेताहरुलाइ कारबाही गरेको छ ।

वीरगन्जमा बुधबार देखि शुरु भइ बिहीबार साँझ सकिएको अध्यक्ष उपेन्द्र यादव पक्षको केन्द्रिय समिति बैठकले संघीय परिषद अध्यक्ष भटटराइका साथै केन्द्रिय कार्यकारीणी सदस्यहरु महेन्द्र राय यादव , हिसिला यमी , दुर्गा शेर्पा ,प्रशान्त सिंह , गंगा श्रेष्ठ , रमेश यादव , दान बहादुर चौधरी र भक्त बहादुर शाहलाइ कारबाही गर्दै पार्टीको पदीय जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरेको हो ।

पार्टी विरोधी गतिविधीमा लागेको भन्दै भट्टराइ र उनको पक्षमा लागेका गरि ९ जना केन्द्रिय कार्यकारीणी सदस्यहरुलाइ कार्वाही गरि पार्टीको पदीय जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरिएको बैठकमा सहभागी एक केन्द्रिय सदस्यले जानकारी दिए ।

तर यसको औपचारिक निर्णय भने जसपाले सार्वजनिक गरेको छैन । वीरगन्जमा दुइ दिन सम्म चलेको अध्यक्ष यादव पक्षको बैठकले गरेका निर्णयहरु शुक्रबार बिहान वीरगन्जमै पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने पार्टीका केन्द्रिय सदस्य समेत रहेका वन तथा वातावरण मन्त्री प्रदीप यादवले बताए ।

उनले भने ,‘ दुइ दिनको बैठकले निक्कै कठोर र महत्वपूर्ण निर्णयहरु गरेको छ , शुक्रबार वीरगन्जमै शीर्ष नेताहरुले पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्नु हुनेछ ।

Related posts

विजया दशमीका दिन वीरगन्जमा हजाराैकाे सहभागितामा ‘रावण दहन’

MadhesKhabar

काँग्रेस उम्मेदवार चौरसिया भन्छन् : सुकुम्बासीलाइ जग्गा काँग्रेसकै सरकारले दिलाउछ

MadhesKhabar

मौन अवधीमा हुन सक्ने चलखेल रोक्न संयुक्त सुरक्षा गस्ती गर्ने निर्णय-प्रजिअ दाहाल

MadhesKhabar

Leave a Comment