Madhes Khabar
राजनीति

जसपा फुट्ने पक्का, अलग हुन उपेन्द्र र बाबुराम सहमत

मधेसखबर
वीरगन्ज,१६ असार : जनता समाजवादी पार्टी (जसपा) फुट्ने भएको छ । जसपाका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डाक्टर बाबुराम भट्टराई पक्ष अलग हुन सहमत भएका हुन् ।

भट्टराईले बुधबार साँझ यादवलाई बोलाएर अलग हुने प्रस्ताव राखेका थिए । वैकल्पिक शक्ति बनाउने उद्देश्यका साथ पार्टी एकता गरेको भए पनि त्यसलाई संगठनात्मक स्वरुप दिन नसकेकाले अब सहमतिमा छुट्नुपर्ने भट्टराईको प्रस्ताव थियो ।
त्यसमा यादव पनि सहमत भएको भट्टराई निकट एक केन्द्रीय सदस्यले बताए । उपेन्द्र यादव पक्षका नेताहरुले पनि दुई नेता बीच सहमतिमै अलग हुने सहमति भएको पुष्टि गरे । सिंहदबारमा भएको छलफलमा यादवले आफूले जानुस् भनेर नभन्ने तर अलग्गिने इच्छा छ भने नरोक्ने जवाफ भट्टराईलाइ दिएको उनी निकट स्रोतले बताएको छ ।

नेताहरुका अनुसार सहमतिमा अलग हुँदा केन्द्रीय सदस्य र सांसदहरुलाई कता जाने हो रोज्न दिने भनिएको छ । तर हालको अवस्था हेर्दा यादव पक्षको बहुमत भएकाले जनता समाजवादी पार्टीको आधिकारिकता यादवसँग रहने बलियोे सम्भावना छ ।

आफूहरुको बहुमत पुग्ने सम्भावना कम भएकाले नयाँ पार्टी बनाउनुपर्ने अवस्था आउन सक्ने भट्टराई पक्षको विश्लेषण छ । भट्टराई पक्षका एक केन्द्रीय सदस्य भन्छन्, ‘सायद छिट्टै केन्द्रीय सदस्यहरुको भेला बोलाइन्छ होला , नेताहरु छलफल गर्दै हुनुहुन्छ ।’
स्थानीय निर्वाचन अघि सम्म पार्टी भित्र बहुमतमा रहेका भट्टराई अहिले अल्पमतमा परेकाले उनि अलग्गिने मनस्थितीमा पुगेका हुन् ।

भट्टराईलाई सुरुदेखि साथ दिएका प्रतिनिधिसभा सदस्य एवं कार्यकारिणी सदस्य इस्तियाक राइ, प्रतिनिधिसभा सदस्य एवं केन्द्रीय सदस्य प्रदीप यादव, राष्ट्रियसभा सदस्य एवं कार्यकारिणी सदस्य मृगेन्द्र कुमार सिंह यादव, सांसदहरू रुही नाज, प्रज्ञा ढकाल लगायत अहिले उनलाई छाडेर जसपा अध्यक्ष उपेन्द्र यादवको पक्षमा लागि सकेका छन् ।

Related posts

सुन प्रकरणमा सत्तापक्षकै ठूला नेता मुछिएकाले उच्चस्तरीय छानबिन हुनुपर्छ : महासचिव पोखरेल

MadhesKhabar

मुख्यमन्त्री राउतको राजीनामा बारे उपेन्द्र यादवले बोली फेरे

MadhesKhabar

पर्साको जगरनाथपुरमा कांग्रेस, एमाले र जसपाका सयौं नेताकार्यकर्ता जनमत पार्टीमा प्रवेश

MadhesKhabar

Leave a Comment