Madhes Khabar
राष्ट्रिय

फास्ट ट्रयाकको सुरुङ खन्ने काम पुनः शुरु

मधेसखबर
वीरगन्ज,०३असार : निर्माणाधीन तराई–मधेश–काठमाडौं दु्रतमार्ग (फास्ट ट्रयाक) को सुरुङ खन्ने काम पुनः सुरु भएको छ ।

नेपाली सेनाले काम सुचारु गर्न निर्देशन दिएपछि चिनियाँ ठेकेदार कम्पनीले सुरुङ खन्ने काम पुनः शुरु गरेकोे हो ।सुरुङको प्याकेज–१ मा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन र प्याकेज–२ मा पोली च्याङ्दा कन्स्ट्रक्सन कम्पनीले काम गरिरहेका छन् ।

यसअघि ठेक्का सम्झौता अनुरूप सुरुङ खन्ने काम नभएको भन्दै नेपाली सेनाले दुई हप्ता पहिले ठेकेदार कम्पनीलाई काम रोक्न निर्देशन दिएको थियो ।कामको गुणस्तर कमजोर भएको र सम्झौताअनुसारका उपकरण पनि नल्याई काम भएको पाइएपछि नेपाली सेनाले काम रोक्न निर्देशन दिएको थियो ।

नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले निर्माण कम्पनीसँग भएको ठेक्का सम्झौताको मापदण्ड तथा सेवा सर्तअनुसार बिहीबारदेखि दुवै खण्डको सुरुङ खन्ने काम सुरु भएको जानकारी दिए । सुरुङ खन्ने काम दुई खण्डमा भइरहेको छ । साभार : गोरखापत्र

Related posts

नारायणगढ–मुग्लिन सडक आइतबार देखि बन्द नहुने

MadhesKhabar

आगामी निर्वाचनका लागि १ लाख ३० हजार म्यादी प्रहरी भर्ना गर्ने निर्णय

MadhesKhabar

बाराको सीमा नाकामा जनतालाइ सास्ती

MadhesKhabar

Leave a Comment