मधेसखबर
वीरगन्ज,०२असार: रौतहटको बंकुल स्थित शसस्त्र प्रहरी बोर्डर आउट पोष्टले नक्कली नोटसहित एक भारतिय नागरिकलाई पक्राउ गरेको छ ।
भारतको गोरखपुर निवासी २३ बर्षिय संजय सक्सेनालाई नक्कली नेपाली र भारतिय नोट सहित बिहिबार बिहान सशस्त्र प्रहरीले पक्राउ गरेको हाे । सक्सेनाको साथबाट नक्कली नेपाली रूपैया ५० हजार, भारतिय रूपैया हजार र पाँच सय दरको ५० हजार गरि नक्कली १ लाख ३१ हजार ६ सय रुपैयाँ बरामद भएकाे सशस्त्र प्रहरीले जनाएकाे छ ।
बंकुल स्थित एक चिया पसलबाट सक्सेनालाइ नियन्त्रणमा लिएर आवश्यक कार्यवाहिको लागि ईलाका प्रहरि कार्यालय बंकुलमा बुझाईएको सशस्त्र प्रहरीले जनाएको छ ।

