Madhes Khabar
हेडलाइन

वीरगन्ज नाकाबाट ७७ जना महिला र बालबालिकाको उद्धार

मधेसखबर
वीरगन्ज,१९जेठः
वीरगन्ज स्थित नेपाल–भारत सीमाबाट ५ महिनाको अवधिमा ७७ महिला तथा बालबालिकाको उद्धार गरिएको छ ।
माइती नेपालले यस वर्षको सन् २०२२ को जनवरी देखि मे महिनाको अन्त्य सम्ममा ७७ महिला तथा बालबालिकाको उद्धार गरेको हो ।जोखिम पूर्णरुपमा भारत जान लागेको अवस्थामा सीमामा खटिएका माइती नेपालका सीमा पहरेदारहरुले उनीहरुलाई उद्धार गरेका हुन् ।माइती नेपाल वीरगन्ज आवधिक गृहकी प्रमुख गोमा पौडेलका अनुसार, पछिल्लो ५ महिनाको अवधिमा उद्धार गरिएका ७७ जना मध्ये १८ वर्ष सम्मका २७ र १९ वर्ष माथिको उमेरका ५० जना छन् ।

पछिल्लो ५ महिनाको अवधिमा माइती नेपालले नेपाल र भारत प्रहरीको समन्वयमा भारतको रक्सौलबाट ५, सिक्टाबाट १, मुम्बईबाट १२ र मोतिहारीको बालिका गृहमा रहेका ८ महिला तथा बालबालिकालाई उद्धार गरी नेपाल फर्काएको छ । तीमध्ये मोतिहारीको बालिका गृहबाट ल्याइएका चेलीहरु त्यहाँको विभिन्न आर्केष्ट्रामा नृत्य गर्ने पेसामा संलग्न थिए ।
यस अवधिमा प्रहरीलगायत विभिन्न संस्थाबाट २२ जना समस्यामा परेका महिला तथा बालबालिकालाई गृहको संरक्षणमा ल्याइएको छ । ती मध्ये १८ वर्ष मुनिका ९ र १८ वर्ष माथिका १३ जना थिए । गृहले यस अवधिमा १६ वर्षीया नाबालिकाको हकमा मानव बेचबिखन तथा ओसारपसार मुद्दा पर्सा जिल्ला अदालतमा दर्ता गराएको छ । उक्त मुद्दामा आरोपी पुरुष पुर्पक्षका लागि वीरगन्ज कारागारमा छन् ।
त्यसैगरी, गृहले यस अवधिमा जबरजस्ती करणीका २ मुद्दा दर्ता गराएको छ । ३५ वर्षीय पुरुष र ४२ वर्षीया महिलाउपर मुद्दा दर्ता गराइएको पौडेलले बताइन् । यसबाहेक २ जना पुरुषउपर गृहले अपहरण तथा शरीर बन्धकको मुद्दा दर्ता गराएको छ । १४ वर्षीया बालिकाउपर उनीहरुले यो अपराध गरेको र तीमध्ये १ फरार रहेको पौडेल बताउँछिन् । यस अवधिमा गृहमा घरेलु हिंसासम्बन्धी पीडित १६ जनाको निवेदन परेकोमा उनीहरुलाई आवश्यक सहयोग पु¥याइएको छ । त्यसैगरी, हराइरहेका २८ जनाको खोजतलासका लागि गृहमा निवेदन परेकोमा तीमध्ये २० जना फेला परेको पौडेलले बताइन् ।साभारःकान्तिपुर

Related posts

१९ वर्ष अघि भएको गौर हत्याकाण्डको अनुसन्धान सुरु, तीनपुस्ते खोज्दै प्रहरी

MadhesKhabar

कश्मीरमा बन्धक बनाइएका मधेसका ३५ मजदुरको उद्धार

MadhesKhabar

बारामा १ कराेड बढी मूल्यकाे ६० केजी चाँदीसहित साेनार पक्राउ

MadhesKhabar

Leave a Comment