
मधेसखबर
वीरगन्ज,१६जेठ : पर्साको दोश्रो सदरमुकामका रुपमा परिचित पोखरीयामा जनतासंग प्रत्यक्ष सरोकार राख्ने सरकारी कार्यालयका शाखा कार्यालय स्थापना र पोखरीया अस्पतालको स्तरोेन्नत्तीका लागि सर्वपक्षीय प्रतिनिधि मण्डल काठमाण्डौ डेलिगेशन जाने भएको छ ।
पोखरीयामा मालपोत,भूमीसुधार र नापी कार्यालयको शाखा स्थापनाका लागि लामो समय देखि पोखरिया नगरपालिका तथा कार्यालय स्थापना संघर्ष समितिले आवाज उठाउदै आएको छ ।
सोमबार पोखरीयामा संघर्ष समतिको अगुवाइमा बसेको सर्वपक्षीय बैठकले पोखरीयामा सरकारी कार्यालयका शाखा स्थापना र अस्पतालको स्तरोन्न्त्तीका लागि यहि जेठ २० गते काठमाण्डौ डेलिगेशन जाने निर्णय गरेको हो ।
पोखरीयामा सरकारी कार्यालय स्थापना र अस्पताललाइ ५० बेडमा स्तरोन्नत्ती गर्नका लागि संघीय र प्रदेश सरकार समक्ष पहल गर्ने सहमति गर्दै डेलिगेशन जाने निर्णय भएको संघर्ष समितिका संयोजक एंव लोसपा नेता नेजामुद्धिन समानीले बताए ।
काठमाण्डौमा गएर गृहमन्त्री र भुमी सुधार मन्त्रीलाइ भेटेर आफना माग राख्ने उनले बताए । यस्तै जनकपुरमा पनि डेलिगेशन लिएर जाने भन्दै उनले त्यहा मुख्यमन्त्री र स्वास्थ्यमन्त्रीलाइ भेट्ने समानीले जानकारी दिए ।
संघर्ष समितिका संयोजक समानीको अध्यक्षतामा सोमबार बसेको बैठकमा मेयर प्रधुमन चौहान, उपमेयर रूबी ठाकुर ,नेपाली काँग्रेसको क्षेत्रीय सभापति श्रीकिसुन चौहान, नेकपा एमालेका बिन्ध्यान्चल ठाकुर ,माओवादी केन्द्रका पन्नालाल पटेल, जसपाका खलिल मिया, लोसपाका जहिर मिया ,नेपाल सुशासन पार्टीका नौसाद आलम लगायतको सहभागीता थियो ।

