Madhes Khabar
समाज

पर्साको जंगलमा एक पुरुष मृत भेटिए , पहिचान खुल्न बाँकी

सांकेतिक फोटो

प्रमोद यादव
वीरगन्ज,१५जेठः
पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर १ नजिकै पर्ने राष्ट्रिय वनमा एक जना पुरुषको शव फेला परेको छ ।
जंगलमा अन्दाजी ५० वर्ष उमेर भएका मधेसी मुलुको जस्तो देखिने पुरुषकोे शव रुखमा झुण्डिएको अवस्थामा फेला परेको हो ।मृतक ती पुरुषको पहिचान भने खुल्न सकेको छैन ।
आइतबार बिहान ११ बजे तिर घाँस दाउरा गर्न जंगलमा गएका स्थानीयले ती पुरुषको शव रुखमा झुण्डिएको देखेपछि प्रहरीलाइ खबर गरेका हुन् । ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट प्रहरी निरीक्षक किशोर आचार्य नेतृत्वको प्रहरी टोलीले घटनास्थलमा पुगेर शव पोष्टमार्टमका लागि वीरगन्ज स्थित नारायणी अस्पतालमा पठाएको छ ।
शव रुखमा झुण्डिएको अवस्थमा फेला परेपनि मृत्युको कारण यकिन नभएको प्रहरीले जनाएको छ । शवको पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै मृत्युको कारण आत्महत्या वा हत्या होे भन्ने यकिन हुने प्रहरीले जनाएको छ ।

Related posts

नेपाल प्रहरीका आईजीपी कार्कीले पाेखरियामा विपन्न र दलित समुदायका १८४ जनालाई बाँडे कम्बल

MadhesKhabar

आमा–बुबा दुवैको मृत्यु भएपछि तीन बालबालिकाको बिचल्ली, सहयोगका लागि अपिल

MadhesKhabar

वीरगन्जमा इनोभेटिभ सोसाइटीले आयोजना गरेको कार्यक्रममा ५९ जनाले गरे रक्तदान

MadhesKhabar

Leave a Comment