Madhes Khabar
मधेस प्रदेश

रौतहटमा पुर्वमन्त्री प्रभु साहको दबदबा – मौलापुरको कार्यपालिका सदस्यमा एमालेका उम्मेदवारहरु निर्विरोध

मधेस खबर
वीरगन्ज ,१५जेठ
: रौतहटको मौलापुर नगरपालिकाको कार्यपालिका सदस्यमा नेकपा एमालेका उम्मेदवारहरु निर्विरोध निर्वाचित भएका छन् । एमाले नेता एंव पुर्वमन्त्री प्रभु साहकी पत्नि रीना कुमारी साहले मेयर जितेको मौलापुर नगरपालिकाको कार्यपालिका सदस्यमा अरु दलले मनोनयन नै दर्ता नगरेपछि एमालेका सबै उम्मेदवारहरु निर्विरोध निर्वाचित भएका हुन् ।
निर्वाचन अधिकृतको कार्यालयले निकालेको कार्यपालिका सदस्य निर्वाचिनको तालिकाअनुसार गत शुक्रबार मनोनयन दर्ता गर्ने दिन थियो । तर एमाले बाहेकका अरु दलहरूले कार्यपालिका सदस्यका लागि मनोनयन नै दर्ता गरेनन् । पालिकाकाको कार्यपालिका सदस्यमा ५ महिला र ३ अल्पसंख्यक सदस्य निर्विरोध निर्वाचित भएका हुन् ।
नगरपालिकाका सूचना अधिकारी राधेकृष्ण मिश्रका अनुसार शुक्रबार कार्यपालिका सदस्यहरूको मनोनयनपत्र दर्ता गर्ने तालिका रहेकोमा एमालेको मात्र ८ जना सदस्यको मनोनयन दर्ता भएको थियो । एमाले बाहेकका दलहरूले सदस्य पदका लागि मनोनयन दर्ता नगरेपछि एमालेका ८ जना सदस्य निर्विरोध भएको मिश्रले बताए । निर्विरोध भएका कार्यपालिका सदस्यहरूलाई सोमबार प्रमाणपत्र दिइने मिश्रले जनाए ।
मौलापुर नगरपालिकामा मेयर रीनाकुमारी साह र उपप्रमुख नागेन्द्रप्रसाद यादवसहित ६ वटा वडाहरू नेकपा एमालेले जितेको छ । बाँकी ३ वटा वडाहरू एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र र स्वतन्त्रले जितेका छन् ।

Related posts

जिसस रौतहटको प्रमुखमा काँग्रेसका यादव विजयी

MadhesKhabar

देउवालाई मधेसका काँग्रेस जिल्ला सभापतिहरूको चेतावनी: उम्मेदवार छनाैटमा ध्यान दिइयाेस्, अन्यथा…

MadhesKhabar

मधेस प्रदेशमा पनि अब इम्बोस्ड नम्बर अनिवार्य

MadhesKhabar

Leave a Comment