Madhes Khabar
हेडलाइन

ब्रेन ट्युमरबाट ग्रसीत पत्रकार महतको उपचारमा सहयोगको अपिल

मधेसखबर
वीरगन्ज,९जेठ
: रौतहटका पत्रकार फणी महत ब्रेन ट्युमरबाट ग्रसीत भएका छन् ।
रौतहटको चन्द्रपुर नगरपालिका निवासी पत्रकार महतको अहिले काठमाण्डौ स्थित अन्नपूर्ण अस्पतालमा उपचार भइरहेको छ ।
उपचारमा संलग्न चिकित्सकले ब्रेन ट्युमरको तत्कालै शल्यकृया गर्नु पर्ने भनेकाले महतको शल्यकृयाका लागि तयारी भइरहेको अस्पतालमा उनिसंगै रहेका वीरगन्जका पत्रकार कमल उपाध्यायले जानकारी दिएका छन् ।
पत्रकार महतको उपचारमा ठूलो धनराशी खर्च हुने भएकाले इच्छुक व्याक्तिले आर्थिक सहयोग गरि दिन अपिल गरिएको छ ।
सहयोग गर्न चाहने इच्छुक व्याक्तिले राष्ट्रिय वाणिज्य बैंकको चपुर रौतहट शाखामा रहेको पत्रकार महतकी पत्नि सुनन्दा कार्कीको बैंक खाता नम्बर १९७०१०००००१२१०१० मा रकम जम्मा गरिदिन सक्नेछन् ।
अन्नपूर्ण पोष्ट पत्रिकाको रौतहट संवाददाता समेत रहेका महत , रौतहटको चन्द्रनिगापुरबाट सन्चालित रेडियो सुप्रिम र कलमपार्टी डटकम अनलाइन पत्रिकाको सन्चालक पनि हुन्।

प्रेस चौतारी नेपालको मधेश प्रदेशका अध्यक्ष समेत रहेका महत करिब दुइ दशक देखि पत्रकारीतामा सकृय रहेका छन् ।

Related posts

नुवाकोटको शिवपुरी डाँँडामा ठोक्किएर हेलिकप्टर दुर्घटना

MadhesKhabar

वीरगन्ज जेलका मुस्लिम कैदीबन्दीलाई इफ्तारी गर्न मेयर सिंहले दिए खाद्य सामग्री

MadhesKhabar

श्रीमानले खुट्टा काटिदिएको पीडित महिलासंग अस्पताल मै पुगेर रास्वपा सांसद कानुले गरे भेट, उपचारको सम्पूर्ण खर्च व्यहोर्ने प्रतिबद्धता

MadhesKhabar

Leave a Comment