Madhes Khabar
रोचक दुनियाँ

कलैयाका मेयर र उपमेयरलाई तौल बराबरको लड्डुले स्वागत

मधेस खबर
वीरगन्ज, ०७ जेठ
:बाराको कलैया उपमहानगरपालिकाका नवनिर्वाचित मेयर विनोद साह र उपमेयर रौशन प्रविनलाई एक समर्थकले उनीहरुकै तौल बराबरको लड्डुले स्वागत गरेका छन् ।
कलैयाको वडा नम्बर १० मा निर्वाचित वडाअध्यक्ष मोहमद सबिरले पनि यो स्वागत पाएका छन् ।
चुनाव जितेर शनिबार विजय रयालीमा वडा नम्बर १० मा पुगेका तीनै जनालाई स्थानीय महम्मद गजनी ठकुराईले उनीहरुकै तौल बराबरको लड्डुले स्वागत गरेका हुन् ।
निर्वाचित मेयर साह , उपमेयर प्रविन र वडाअध्यक्ष सबिरलाई सामान जोख्ने तराजुकाँटामा राखेर उनीहरुकै तौल बराबरको लड्डुले जोखिएको थियो । त्यसपछि त्यो लड्डु त्यहा उपस्थित समर्थकहरुलाई बाँडिएको थियो ।
लड्डुले स्वागत गर्ने स्वागतकर्ता ठकुराईले आफू कुनै पनि दलमा आबद्ध नरहेको भन्दै नवनिर्वाचित जनप्रतिनिधिहरुले जातपात नहेरी काम गर्ने विश्वास लिएर खुशीयालीमा लड्डु बाँडेको बताए ।


कलैया उपमहानगरको मेयरमा एमालेका साह २४१३९ मत ल्याएर बिजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार एंव निवर्तमान मेयर राजेश राय यादवले १८५४० मत मात्रै पाए ।उपमेयरमा पनि एमालेकै परविन १९२५१ मत प्राप्त गरि बिजयी भएकी हुन् । उपमेयरमा निकटतम प्रतिद्वन्द्वी जसपाका प्रमोद गुप्ताले १८३०२ मत मात्रै पाएका थिए ।
साभार: अनलाइनखबर

Related posts

युवायुवतीको प्रेम सम्बन्धलाई लिएर धनुषामा झडप, प्रहरीद्वारा ९ सेल अश्रुग्यास प्रहार

MadhesKhabar

मानिसबाट कुकुर बन्न १९ लाख खर्च

MadhesKhabar

खाद्यान सामाग्री ढुवानी लेखिएको ट्याक्टरमा अबैध कस्तुरी ढुवानी , पर्सा प्रहरीले गर्यो पक्राउ ।

MadhesKhabar

Leave a Comment