Madhes Khabar
राजनीति

देशभर मतदान जारी

मधेसखबर
वीरगन्ज ,३० बैशाख :
स्थानीय तह निर्वाचन अन्तर्गत शुक्रबार मतदान भइरहेको छ ।
निर्वाचन आयोगले मतदानका लागि आज र बिहान ७ बजेदेखि साँझ ५ बजेसम्मको समय निर्धारण गरेको छ । निर्वाचनमा वैशाख २९ गतेसम्म १८ वर्ष पूरा भएका र मतदाता नामावलीमा नाम समावेश भएकाहरूले मतदान गर्न पाउनेछन् । निर्वाचनमा देशभर एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता छन् । जसमा ८७ लाख ४१ हजार ५३० महिला मतदाता छन् । ८९ लाख ९२ हजार १० पुरुष र १८३ जना अन्य मतदाता छन् ।


मतदानका लागि देशभर १० हजार ७५६ मतदानस्थल र २१ हजार ९५५ वटा मतदान केन्द्र तोकिएको छ । निर्वाचनबाट ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका तथा ४६० वटा गाउँपालिका र ६ हजार ७४३ वडामा गरी ३५ हजार २२१ जनप्रतिनिधि चुनिनेछन् ।
मतदानका लागि मतदाता नामावलीमा नाम भएको र मतदाता परिचयपत्र आवश्यक पर्छ । तर, मतदाता परिचपत्र हराएको, नष्ट भएकाहरुले पनि भोट हाल्न पाउनेछन् । आयोगले मतदाता नामावलीमा नाम रहेको तर परिचयपत्र नभएकाहरुको हकमा भने नेपाली नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी अथवा जग्गाधनी प्रमाणपूर्जाको सक्कल प्रमाणका आधारमा मतदान गर्ने व्यवस्था गरेको छ । निर्वाचन आयोगले सुरक्षा प्रवबन्ध मिलाइएको भन्दै ढुक्क भएर मतदान गर्न आग्रह गरेको छ ।
यस्तै पर्साको वीरगन्ज महानगरपालिका सहित १४ वटै पालिकामा पनि शुक्रबार मतदान भइरहेको छ । जिल्लाका सबै पालिाकहरुमा शान्तिपूर्ण रुपमा मतदान छ । वीरगन्ज महानगरको ३२ वटै वडामा गरि १ लाख २४ हजार ६ सय ४७ जना मतदाता छन् ।२०७४ सालको स्थानीय तहको निर्वाचनभन्दा अहिले १५ हजार ८४६ मतदाता बढेका छन् । मतदान स्थल तथा मतदान केन्द्र पनि सबैभन्दा बढी वीरगञ्ज महानगरपालिकामा नै रहेको छ ।
महानगरपालिकामा ५५ वटा मतदान स्थलमा १ सय ४३ वटा मतदान केन्द्र बनाइएको छ । ३२ वटा वडा रहेको वीरगन्ज महानगरपालिकामा सबैभन्दा बढी मतदाता वडा नम्बर १६ को नगवामा रहेका छन् ।नगवाको वडा नम्बर १६ को इनर्वामा २ हजार १ सय ७१ र नगवामा ५ हजार ४ सय १३ जना गरि ७ हजार ५ सय ५९ जना मतदाता रहेका छन् । त्यस्तै दोश्रो मतदाता संख्या रहेको वडा नम्बर १० मा ६ हजार ३ सय ८० जना मतदाता रहेका छन् ।

Related posts

वीरगन्जको मेयरमा १८ जना उम्मेदवार , उपमेयरमा काँग्रेसबाट इम्तियाज आलम

MadhesKhabar

पर्साबाट एमाले केन्द्रीय सदस्यमा ३ जना निर्वाचित

MadhesKhabar

पर्सामा आज भएन कांग्रेसको वडा अधिवेशन, किन ?

MadhesKhabar

Leave a Comment