Madhes Khabar
राष्ट्रिय

उम्मेदवारको मृत्यु पछि कहा कहा निर्वाचन सरयो ?

मधेसखबर
वीरगन्ज, २९ बैशाख :
मधेस प्रदेशका २ स्थानीय तह सहित ९ वटा स्थानीय तहमा उम्मेदवारहरुको मृत्यु भएपछि निर्वाचन आयोगले ती ठाउँको निर्वाचन कार्यक्रम संशोधन गरेको छ ।
उम्मेदवारका मृत्यु भएपछि चुनाव स्थगीत गरिएका स्थानीय तह मध्ये केहिमा शुक्रबार नै र केहिमा भने नयाँ निर्वाचन कार्यक्रम तय गरिएको छ ।
रौतहटको वृन्दावन नगरपालिका वडा नम्बर ५ मा जनता समाजवादी पार्टीबाट महिला सदस्यमा उम्मेदवारी दिएकी मिना देवीको वैशाख १६ मा मृत्यु भएको थियो । निर्वाचन आयोगले संशोधित निर्वाचन कार्यक्रम अनुसार शुक्रबार नै निर्वाचन गराउन लागेको हो ।
सिराहाको सिराहा नगरपलिकामा एमालेको तर्फबाट वडा नम्बर ५ मा वडा सदस्य दिएकी मुना सेखको पनि वैशाख २३ मा मृत्यु भएपछि निर्वाचन कार्यक्रम संशोधन गरेर मतदान शुक्रबार नै हुने भएको छ ।
वैशाख २७ अघि मृत्यु भएको पालिकाको निर्वाचन भने शुक्रबार नै हुने गरी निर्वाचन कार्यक्रम संशोधन गरेको हो ।
कपिलवस्तुको कपिलवस्तु नगरपालिका वडा नम्बर १० मा माओवादी केन्द्रबाट उम्मेदवारी दिएका वडा सदस्य राजेन्द्र चौधरी थारु वैशाख २३ मृत्यु भएको थियो । आयोगका अनुसार सुनसरीको हरिनगर गाउँपालिका वडा नम्बर ६ को कांग्रेसको तर्फबाट दलित महिला सदस्यमा उम्मेदवारी दिएकी मडुवादेवी चमारको वैशाख १४ मा मृत्यु भएको थियो । त्यहा पनि शुक्रबार नै मतदान हुनेछ ।
यस्तै मोरङको केरावारी गाउपालिका २ मा कांग्रेसका वडा सदस्य उम्मेदवार नवीन लिम्बूको वैशाख १६ मा मृत्यु भएको थियो । यहाँ पनि निर्वाचन कार्यक्रम संशोधन गरिएको छ । कपिलवस्तुकोबुद्धभूमि नगरपालिका नम्बर ८ मा एमालेका तर्फबाट वडा अध्यक्ष उम्मेदवार ओमप्रकाश तिवारीको पनि वैशाख १६ मृत्यु भएको थियो ।त्यहा पनि शुक्रबार नै मतदान हुने आयोगले जनाएको छ ।
तर कपिलवस्तुको महाराजगंन्ज नगरपालिकामा भने कांग्रेसको तर्फबाट उपमेयरको उम्मेदवार शुभावती कर्मीको मंगलबार मृत्यु भएपछि त्यहा जेठ ३ गते चुनाव हुने भएको छ ।
त्यस्तै दाङको तुलसीपुर नगरपालिकाको वडा नम्बर १७ मा एमालेको तर्फबाट वडा अध्यक्षमा उम्मेदवारी दिएका लभरु चौधरीको मंगलबार मृत्यु भएपछि निर्वाचन आयोगले त्यहा पनि जेठ ३ गतेका लागि निर्वाचन गर्ने भएको छ ।

Related posts

चितवन–२ मा बैशाख १० गते उपनिर्वाचन

MadhesKhabar

एमालेको चुनावी घोषणापत्र : नागरिकता नेपालीलाई मात्र

MadhesKhabar

नागरिकता विधेयक रोकेकोमा ओलीले राष्ट्रपति भण्डारीलाई दिए धन्यवाद

MadhesKhabar

Leave a Comment