Madhes Khabar
समाचार

प्रचारको अन्तिम दिन पोखरीयामा काँग्रेसको चुनावी घरदैलो

मधेसखबर
वीरगन्ज,२७ बैशाख :
पर्साको पोखरिया नगरपालिकामा नेपाली काँग्रेसले चुनावी प्रचार प्रसारको अन्तिम दिन मङगलबार घरदैलो र मतदाता भेटघाट कार्यक्रमलाइ तिब्र पारेको छ ।
काँग्रेसले मङगलबार बिहानै वडा नम्बर ९ र १० का विभिन्न टोल र गाँउमा उम्मेदवार र जिल्ला स्तरका नेताहरुको सहभागीतामा घरदैलो गर्दै मतदाताहरुसंग भेटघाट कार्यक्रम गरेको छ ।
पोखरीया नगरपालिकाको काँग्रेसका मेयर उम्मेदवार दिपनारायण रौनीयार , उपमेयर रेहाना खातुन सहित काँग्रेस नेता कार्यकर्ताहरुले दुवै वडाका हरेक मतदाताको घरमा पुगेर काँग्रेसका उम्मेदवारलाइ जिताउन आग्रह गरे ।
पोखरिया नगरपालिकालाई आधुनिक , सुन्दर र विकसित नगर बनाउन काँग्रेसका उम्मेदवारलाइ जिताउनै पर्ने चुनावी घरदैलोमा सहभागी काँग्रेस नेता कार्यकर्ताहरुले मतदातालाइ भनेका थिए ।
मेयरका उम्मेदवार रौनीयारले मङगलबार राति देखि मौन अवधी शुरु भएपछि प्रचार प्रसार बन्द हुने भएकाले मङगलबार बिहान देखि बेलुकी सम्म घरदैलो र मतदाता भेटघाट कार्यक्रमलाइ जारी राख्ने बताए ।
उनले नगरपालिकाका १० वटै वडामा पुगेर मतदातासंग भेटघाट गरिसकेको र त्यस क्रममा जनताको समर्थन काँग्रेसलाइ नै रहेको पाएको दाबी पनि गरे ।
मङगलबार बिहानको चुनावी घरदैलो कार्यक्रममा काँग्रेसका जिल्ला उपसभापति अशोक कुमार गुप्ता, महाधिवेशन प्रतिनिधी रामरुप कुर्मी , नेताहरु वीरेन्द्र पाण्डे लगायतको पनि सहभागीता रहेको थियो ।

Related posts

नागरिकता बिधेयक फिर्ता गरेको बिरोधमा धनुषामा प्रदर्शन

MadhesKhabar

पर्सा जिल्ला अदालतबाट धरौटीमा छुटेका कुशवाहा अदालतकै लेखा शाखामा कार्यरत रहेको खुलासा

MadhesKhabar

बारामा गाेली प्रहारबाट एक भारतीयकाे मृत्युु

MadhesKhabar

Leave a Comment