
मधेसखबर
वीरगन्ज, २५ बैशाख :वीरगन्ज महानगरको नेकपा एमालेका मेयर उम्मेदवार विजय कुमार सरावगीले बाहुबली र गुण्डागर्दीलाइ बढावा दिनेहरुबाट सचेत रहन मतदाताहरुसंग अपिल गरेका छन् ।
वीरगन्ज महानगरपालिका वडा नम्बर १५ नगवामा आयोजित चुनावीसभालाइ सम्बोधन गर्दै सरावगीले जसपाका उम्मेदवारलाइ लक्षित गर्दै बाहुबली र गुण्डागर्दीलाइ बढावा दिनेहरुबाट सचेत रहन मतदाताहरुलाइ आग्रह गरेका हुन् ।
उनिहरुसंग वीरगन्जको विकासको कुनै एजेण्डा नै नभएको जिकिर गर्दै सरावगीले बाहुबल र गुण्डागर्दी मात्र उनिहरुको पहिचान भएको आरोप लगाए ।
सरावगीले भने ,‘ हाम्रा बालबच्चा वीरगन्जमै पढुन् ,वीरगन्जको विकासमा योगदान दिउन् , हाम्रो भाषा यो हो तर विपक्षीहरु जनतालाइ औंला देखाएर भाषण गर्दैछन् , औंला तोडि दिन्छु भन्छन् , भाषण गर्दा पनि बाहुबलीकै शैली अपनाइरहेका छन् ।
हामी दुइ जना मिलि सक्यौ अब हामी सबैलाइ देखाइ दिन्छौ भन्दै हिडेकाहरुसंग वीरगन्जको विकासका लागि भने कुनै एजेण्डा नरहेको भन्दै सरावगीले भने ,‘ विपक्षीहरुले वीरगन्जलाइ लुट्ने , वीरगन्जमा गुण्डागर्दीलाइ बढावा दिने संकल्प मात्र लिएका छन् , त्यो भन्दा अरु केहि भिजन छैन उनिहरुसंग ।
ठेक्कामा लिए बापत स्वीमीङ पुल र मिना बजार कम्प्लेक्सको करोडौं बक्यौता रकम अहिले सम्म पनि महानगरपालिकालाइ नतिरेको आरोप पनि सरावगीले लगाए । योसंगै सवारी करको ठेक्कामा मुद्धा हारेपछि महानगरपालिकालाइ तिर्नु पर्ने १ करोड ५० लाख रुपैया पनि अहिले सम्म नबुझाएको सरावगीले आरोप लगाए ।
सरावगीले भने ,‘ जुन मान्छेले महानगरपालिकाको ६÷७ करोड रुपैया खाएर बसेको छ त्यो मान्छे यदि मेयर बन्यो त्यसले वीरगन्जको के विकास गर्छ ? जनताले यो कुरा बुझन जरुरी छ ।

