Madhes Khabar
शिक्षा

पटेर्वासुगौलीमा विधार्थी भर्ना अभियान शुरु

प्रमोद यादव
पर्सा, १६ बैशाख
:पर्साको पटेर्वा सुगौली गाउँपालिकामा नयाँ शैक्षिकसत्र २०७९ लाइ लक्षित गरि विधार्थी भर्ना अभियान सन्चालन गरिएको छ ।्
सबै बालबालिकालाई विद्यालय पठाऔँ ÷शिक्षा प्राप्त गर्ने अधिकार सुनिश्चित गरौं भन्ने मुल नाराका साथ शुक्रबार देखि विधार्थी भर्ना अभियान शुरु गरिएको हो ।
विद्यालयका बालबालिका, शिक्षक ,शिक्षिका,विधालय ब्यवस्थापन समितिका सदस्यहरुको सहभागीतामा शुक्रबार देखि शुरु गरिएको घरदैलो कार्यक्रममा बालबालिकालाई शिक्षाबाट बन्चित नगरौ,सबै बालबालिकालाई विद्यालय पठाऔँ,नेपाललाई शिक्षित बनाऔं ,सबै बालबालिकालाई विद्यालय पुरर्याँ लगायतका नारा लेखिएका प्ले कार्ड प्रदर्शन पनि गरिएको थियो ।
अभियानको उद्घाटन प्रमुख प्रशासकीय अधिकृत सन्देश कुमार यादव र स्वास्थ शाखा प्रमुख भुजेन्द्र प्रसाद यादवले संयुक्त रुपमा गरेका थिए ।्विद्यालयको पहुँचबाट कोही पनि बालबालिका बन्चित नहोउन् भनेर विधार्थी भर्ना अभियान सन्चालन गरिएको प्रमुख प्रशासकीय अधिकृत सन्देश कुमार यादवले बताए ।गादीमाई आधारभुत विद्यालयका विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष निलम देवीको अध्यक्षता भएको कार्यक्रममा शिक्षक चन्द्रकली देवी,कन्चन कुमारी,प्रमोद यादवको पनि सहभागीता रहेको थियो ।

Related posts

गर्मीका कारण विद्यालयहरु १० दिनका लागि बन्द गर्ने पटेर्वासुगाैली गाँउपालिकाकाे निर्णय

MadhesKhabar

एसईईको नतिजा शुक्रबारसम्म

MadhesKhabar

वीरगन्जका विद्यालयहरु सञ्चालनका लागि भाेलिदेखि तयारी थाल्न महानगरपालिकाकाे निर्देशन

MadhesKhabar

Leave a Comment