Madhes Khabar
राजनीति

वीरगन्जमा मेयर र उपमेयरलाइ जिताउन गठबन्धनले थाल्यो चुनावी अभियान

बुधबार बिहान वीरगन्जमा बसेको सत्तागठबन्धन दलहरुको बैठकमा सहभागी नेताहरु

क्रान्ति शाह
वीरगन्ज, १४ बैशाख
ः वीरगन्ज महानरपालिकामा सत्तागठबन्धनका तर्फबाट उम्मेदवारी दिएका मेयर र उपमेयरलाइ जिताउन गठबन्धनमा रहेका पाँच दल सकृय रुपमा लागेका छन् ।
सत्तागठबन्धनका तर्फबाट वीरगन्जको मेयरमा जसपाका राजेशमान सिंह र उपमेयरमा काँग्रेसका इम्तियाज आलम उम्मेदवार बनेका छन् ।
मेयर र उपमेयर दुवै उम्मेदवारलाइ जिताउन गठबन्धनका दलहरु बुधबार देखि थप सकृय भएर लागेका हुन् ।
यहि क्रममा बुधवार बिहान सत्तागठबन्धनका पाच दलका जिल्ला स्तरीय संयन्त्रको बैठक बसेर विभिन्न निर्णय गरेको जसपाका केन्द्रिय सदस्य एंव सांसद प्रदीप यादवले बताए ।
बैठकले महानगरको मेयर र उपमेयरमा गठबन्धनका उम्मेदवारलाइ जिताउनका लागि चुनावी अभियान सन्चालन गर्न वीरगन्ज महानगर निर्वाचन परिचालन समिति गठन गरेको छ ।
काँग्रेस नेता श्याम पोखरेलको संयोजकत्वमा गठित ६ सदस्यिय समितिको सदस्यमा जसपाका तर्फबाट प्रदेशसभासदस्य जन्नत अन्सारी र मुकेश द्धिवेदी , नेकपा एकिकृत समाजवादीका महानगर अध्यक्ष मनोज चौधरी , नेकपा माओवादी केन्द्रका सुरेन्द्र गुप्ता र काँग्रेसका पुर्व जिल्ला उपभापति प्रकाश उपाध्याय रहेका छन् ।
यसैगरि वीरगन्ज महानगरका वडा र पर्सा जिल्ला बाँकी १३ पालिकामा गठबन्धन नगरिएपछि हरेक वडा र पालिकामा गठबन्धनमा आबद्ध दलहरुको मित्रवत प्रतिस्पार्धमा चुनावी अवस्था कस्तो भनेर जायजा लिन पनि बैठकले अर्को एक समिति गठन गरेको छ ।
काँग्रेसका उपसभापति रामनारायण कुर्मीको संयोजकत्वमा गठित जिल्ला कार्यदल समितिको सदस्यमा काँग्रसका जिल्ला उपसभापति अशोक कुमार गुप्ता , जसपाका केन्द्रिय सदस्य जनार्दन यादव र जिल्ला सचिव तबरेज अहमद , नेकपा माओवादी केन्द्रका शेख चाँद तारा र छोटेलाल साह र नेकपा एकिकृत समाजवादीका गंगा बहादुर खड्का रहेका छन् ।
काँग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्रीको अध्यक्षतामा बसेको बैठकमा जसपाका केन्द्रिय सदस्य समेत रहेका सासद प्रदीप यादव , जसपाका जिल्ला अध्यक्ष रामनरेश प्रसाद यादव , नेकपा एकिकृत समाजवादीका जिल्ला इन्चर्ज चिरन्जीवी आचार्य लगायतको पनि उपस्थिती रहेको थियो ।

Related posts

प्रदेशसभा सदस्यमा डा. मधुलाई जिताउन राज कुमार गुप्ताकाे आग्रह

MadhesKhabar

उपेन्द्र यादवको जितले नै मधेसीको हकअधिकार सुनिश्चित हुन्छ : लोसपा नेता सोनल

MadhesKhabar

देश ‘टाइटनिक जहाज’ डुबे जस्तै डुब्दैछः सिके राउत

MadhesKhabar

Leave a Comment