वीरगन्ज,२४कात्तिक: वीरगन्ज-१० काे घडिअर्वा छठ पूजा व्यवस्थापन समितिले प्रधानमन्त्री बालेन शाहलाई छठ पर्वमा वीरगन्जमा आइदिन आग्रह गरेकाे छ।
रास्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछाने छठ मनाउन जनकपुर जाने भएपछि प्रधानमन्त्री शाहलाई छठ मनाउन वीरगन्ज आइदिन घडिअर्वा छठ पूजा व्यवस्थापन समितिले आग्रह गर्दै प्रधानमन्त्री शाहलाई ओैपचारिक रुपमै निम्तो पनि पठाएको छ।
मंगलबार वीरगन्जमा समितिका अध्यक्ष राकेश साह कानुसहितकाे टाेलीले पर्सा-२ का सांसद सुशील साह कानुमार्फत निमन्त्रणा-पत्र प्रधानमन्त्रीकाे कार्यालयमा पनि पठाएको छ ।
लोकआस्थाको महापर्व छठ पूजा देशकै आर्थिक राजधानीका रुपमा परिचित वीरगन्जमा यसवर्ष पनि निक्कै आस्था र उल्लाषका साथ मनाउन गइरहेकाे अध्यक्ष साहले बताए ।छठ पूजाका लागि नेपालमै प्रसीद्ध वीरगन्ज- १० स्थित घडिअर्वा पोखरीस्थित छठघाटमा घडिअर्वा स्पोटर्स क्लबको आयोजना तथा छठ पूजा व्यवस्थापन समितिको व्यवस्थापनमा विगत दुई दशकदेखि अति आकर्षक ढंगले सजाएर छठ पूजा मनाउने गरिएको भन्दै साहले यसवर्ष कात्तिक २९ गते परेको छठ पर्वको मुख्य दिन अर्थात सँझिया घाटेका दिन यस घडिअर्वा पोखरी छठघाटमा आएर छठी माईको आशीवार्द ग्रहण गरिदिनु हुन आग्रह गर्दै प्रधानमन्त्री शाहलाई निमन्त्रणा पत्र पठाइएको बताए ।
अध्यक्ष साहले लाेक आस्थाकाे महा पर्व छठमा प्रधानमन्त्री शाहकाे वीरगन्जमा आगमन भइदिएमा समस्त वीरगन्जवासीले नै सौभाग्यशाली महसुस गर्ने बताए ।

