काठमाडौँ,२४कात्तिकः मुखबाट आउने दुर्गन्धले कुराकानी गर्न र दैनिक जीवनमा धेरैलाई अप्ठ्यारोमा पार्ने गर्छ। कतिपय अवस्थामा दैनिक ब्रस गर्दा पनि यो समस्या रहिरहन्छ।
दाँतमा अड्किएका खानेकुराका कण, जिब्रोमा जमेको फोहोर, गिजाको समस्या र मुख सुक्खा हुनु नै मुख गन्हाउने प्रमुख कारण हुन्। यसबाट छुटकारा पाउन निम्न उपाय अपनाउन सकिन्छः
खाना खाइसकेपछि सफा पानीले राम्ररी कुल्ला गर्नुपर्छ। यसले मुखमा अड्किएका खानेकुराका कण बाहिर निकाल्न मद्दत गर्छ र मुख सफा राख्छ।
शरीरमा पानीको कमी हुँदा मुख सुक्खा हुन सक्छ। ¥याल कम बन्दा पनि सास गन्हाउने समस्या बढ्न सक्छ। त्यसैले दिनभर पर्याप्त मात्रामा पानी पिइरहनु जरुरी हुन्छ।
धेरै मानिस दिनहुँ ब्रस गर्छन् तर जिब्रो सफा गर्न भने ध्यान दिँदैनन्। जिब्रोमा जमेको तहमा दुर्गन्ध पैदा गर्ने ब्याक्टेरिया हुर्कन सक्छन्। त्यसैले हरेक दिन बिस्तारै जिब्रो सफा गर्नुपर्छ।
दन्तचिकित्सकका अनुसार, दाँत सफा गर्न बिहान र राति फ्लोराइडयुक्त टुथपेस्टले करिब दुई मिनेटसम्म ब्रस गर्नुपर्छ। दाँतको बिचमा फसेका खानेकुरा निकाल्न ‘फ्लस’ को प्रयोग पनि गर्न सकिन्छ।
खाना खाइसकेपछि अलिकति सौंफ चपाउँदा मुखमा ताजगी महसुस हुन सक्छ। यद्यपि, यो दुर्गन्धको मूल कारणको उपचार भने होइन।
दाँतमा कागती वा नुन रगड्ने काम गर्नु हुँदैन। लगातार मुख गन्हाउने समस्या भइरहेमा दन्त चिकित्सकसँग जाँच गराउनु आवश्यक हुन्छ।

