काठमाडौं,२०कात्तिक:आज (शुक्रबार) धनतेरसका दिन सुन र चाँदी दुवैको मूल्य घटेकाे छ।आज सुनको मूल्य तोलामा ५ हजार ९ सय रुपैयाँले घटेको छ ।
हिजाे(बिहीबार) सुनकाे मूल्य ताेलामा १३ हजार ३ सय रुपैयाँले बढेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार रुपैयाँ तोकेको छ ।हिजाे दिन २ लाख ८८ हजार ९ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।
आज चाँदीको मूल्य ताेलामा ११० रुपैयाँले घटेको छ ।हिजाे प्रतितोला ३ हजार ९२० रुपैयाँमा कारोबार भएको चाँदीकाे मूल्य आज ३ हजार ८१० रुपैयाँमा कायम भएको छ ।

